२०८३ श्रावण २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

प्रधानमन्त्री सुशीला कार्कीले आज पहिलोपटक सरकार, राजनीतिक दलका प्रतिनिधि र जेनजी अगुवाहरुलाई एउटै मंचमा बोलाउँदै छिन् । उक्त त्रिपक्षीय बैठक आज साँझ ४ बजे बालुवाटारमा बस्ने भएको छ ।

प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलका अनुसार बैठकको उद्देश्य आगामी निर्वाचनलाई सफल बनाउने र परिवर्तनलाई संस्थागत गर्ने हो । यसका लागि सबै पक्षबीच साझा समझदारी खोज्ने तयारी गरिएको छ ।

बैठकमा जेनजीका तर्फबाट करिब आठदेखि नौ समूहका प्रतिनिधिहरू सहभागी हुने बुझिएको छ । राजनीतिक दलका तर्फबाट भने दोस्रो तहका नेताहरू सहभागी हुनेछन् ।

यो बैठकलाई नयाँ पुस्ता र राजनीतिक नेतृत्वबीच संवादको शुरुवातका रूपमा हेरिएको छ ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय