२०८३ आश्विन १२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

 प्रतिनिधिसभा विघटनविरुद्ध दायर १६ वटा रिटमाथि आज सुनुवाइ गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले अन्तरिम आदेश जारी नगर्ने निर्णय गरेको छ । इजलासले त्यसको सट्टा कारण देखाऊ आदेश मात्र जारी गरेको हो ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको नेतृत्वमा बसेको पाँच सदस्यीय इजलासले सरकारका तर्फबाट कानुनी जवाफ माग्दै सात दिनको समय दिएको छ । आदेशमा भनिएको छ, “निवेदकको माग बमोजिमको आदेश किन जारी नपर्ने हो, त्यसको कारण र कानुनी आधार सात दिनभित्र महान्यायाधीवक्ताको कार्यालयमार्फत पेश गर्नू।”

यससँगै, प्रतिनिधिसभा विघटनको वैधानिकता र प्रधानमन्त्रीको सिफारिसमाथि अदालतको अन्तिम निर्णय आउँदासम्म कुनै अस्थायी रोक आदेश नजारी हुने भएको छ ।

 

इजलासले अन्तरिम आदेश आवश्यक नठानेपछि अब मुद्धाको पूर्ण बहसका लागि अर्को तारिख तोकिने सर्वोच्च स्रोतले जनाएको छ ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय