२०८३ आश्विन १३ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

भदौ २३–२४ मा भएको जेन-जी आन्दोलन’का घटनासँग सम्बन्धित अनुसन्धान अघि बढ्दै जाँदा त्यस समयमा फिल्डमा खटिएका प्रहरी इन्चार्जहरूलाई उपत्यका बाहिर जान निषेध गरिएको छ।

प्रहरी मुख्यालयले काठमाडौं उपत्यका प्रहरी कार्यालयलाई पत्र पठाउँदै ती इन्चार्जहरूलाई कुनै पनि बेला जाँचबुझ आयोगमा उपस्थित हुनुपर्ने हुनाले उपत्यका नछाड्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो।

उक्त निर्देशनअनुसार हाल उपत्यकामा कार्यरत एआईजी दानबहादुर कार्की, डीआईजी ओमबहादुर राना, काठमाडौं प्रमुख एसएसपी विश्व अधिकारी, ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारी र भक्तपुरका एसपी माधव बुढाथोकीलगायत अधिकारीहरू उपत्यकाभित्रै रहनुपर्ने छन्।

त्यस्तै, काठमाडौं, ललितपुर र भक्तपुरका १६ वृत्त र प्रभागमा कार्यरत डीएसपी तथा इन्स्पेक्टरहरूलाई समेत हाललाई बाहिर नजान भनिएको छ।

मुख्यालयका अनुसार आयोगले चाँडै ती घटनासम्बन्धी विवरण संकलनका लागि संलग्न प्रहरी अधिकृतहरूलाई सोधपुछका लागि बोलाउने तयारी गरेको छ। आयोगको अनुसन्धान अघि बढेसँगै ती अधिकारीहरूका प्रत्यक्ष बयानले आन्दोलनका क्रममा भएका घटनाको विस्तृत चित्र स्पष्ट हुने अपेक्षा गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय