२०८२ मंसिर २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रवि लामिछानेमाथि सरकारको धारणा खोज्दै रास्वपा | पाल्पामा जीप दुर्घटना : ३ जनाको मृत्यु ९ घाइते | सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै आज चार नयाँ अनुहार मन्त्री बन्दै | एमालेको महाधिवेशनलाई ध्यानमा राख्दै नागढुङ्गा मलेखु सडक दुई दिन खुला | धुर्मुसको स्पष्टीकरण : ‘भागेका होइनौँ, छोरीको उपचारका लागि अमेरिका आएका हौँ’ | रास्वपाले समानुपातिक नाम दर्ताको म्याद पुस ५ सम्म बढायो | जेन–जी आन्दोलनमा ८४ अर्ब क्षति, पुनर्निर्माणका लागि ३६ अर्ब बजेट आवश्यक | अर्थ मन्त्रालयको बदमासी कि प्राविधिक समस्या? मधेशको बजेट ‘फ्रीज’को वास्तविकता के हो? | जेनजी–सरकार सम्झौतामा दलहरूको शङ्का : वैधानिकता र कार्यान्वयनमै प्रश्न | विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा |

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज पुनः गिरावट आएको छ। नेप्से परिसूचक २७ दशमलव ६४ अङ्कले घटेर दुई हजार ५९५ दशमलव २४ विन्दुमा झरेको छ। यससँगै नेप्से परिसूचक एक दशमलव ०५ प्रतिशतले घटेको हो।

आजको कारोबारमा ३२२ कम्पनीका एक करोड तीन लाखभन्दा बढी कित्ता शेयर ४६ हजारभन्दा बढी पटक खरिदबिक्री भएका छन्। यस अवधिमा रु पाँच अर्ब १५ करोड बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

नेप्सेका सबै उपसूचक आज राताम्मै देखिएका छन्। बैंकिङ समूह ०.६६ प्रतिशत, विकास बैंक १.४७ प्रतिशत, वित्त २.२१ प्रतिशत, जलविद्युत् १.२१ प्रतिशत, र लगानी समूह ०.८७ प्रतिशतले घटेका छन्। जीवन बीमा १.४४, निर्जीवन बीमा १.२१, र अन्य समूह १.८१ प्रतिशतले झरेका छन्।

उत्पादन, लघुवित्त, र होटल पर्यटन समूह पनि घटेका छन्। बजारमा लगानीकर्ताहरूले सावधानीपूर्वक कारोबार गरिरहेका छन्, जसले कारोबार रकममा पनि गिरावट ल्याएको विश्लेषकहरूको भनाइ छ।

आज सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको भएको छ, जसको कारोबार रकम रु २७ करोड ९८ हजारभन्दा बढी रहेको छ। कारोबार संख्या अनुसार भने सिङ्गटी हाइड्रो इनर्जी लिमिटेड अगाडि छ, जसका ६ लाखभन्दा बढी कित्ता शेयर किनबेच भएका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय