२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता | सम्झौता मिति सकिन लाग्दा पनि जुम्लाको न्याउरीगाड पुल अधुरै | सेयर बजारमा गिरावटको क्रम जारी | सुधनको छानबिनप्रति कांग्रेस सभापति गगन थापाको कटाक्ष: “झन्झट किन गरेको? पहिल्यै होइन भने भइहाल्थ्यो” |

नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच गुण्डुमा मंगलबार राति गोप्य भेट भएको छ। खनाल राति ९ बजे एक्लै ओली निवास पुगेका थिए र दुई नेताबीच करिब एक घण्टा लामो राजनीतिक संवाद भएको स्रोतले जानकारी दिएको छ।

एमालेमा पुनः फर्कने तयारीमा रहेका खनाल र ओलीबीचको छलफल सकारात्मक भएको एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले पुष्टि गरेका छन्। उनका अनुसार दुवै नेताबीच पुरानो सम्बन्ध पुनर्स्थापना र पार्टी एकता सम्भावनाबारे विस्तृत छलफल भएको थियो। बस्नेतले भने, “यो भेट एमालेको पहिलो पुस्ताबीचको सम्बन्ध सुधारको संकेत हो।”

खनाल पक्षका नेताहरूले समेत पछिल्लो समय एमालेमा फर्किने वातावरण बनिरहेको बताएका छन्। यद्यपि उनीहरू पद र कानुनी जटिलताबारे स्पष्टता खोजिरहेका छन्। हाल एमालेभित्र कानुनी टिम—पूर्वन्यायाधीवक्ता रमेश बडालको नेतृत्वमा—‘प्रदेश र स्थानीय तहका निर्वाचित जनप्रतिनिधिको पद जोगाएर कसरी फर्किने’ भन्ने विषयमा अध्ययन गर्दैछ।

यसैबीच, समाजवादी पार्टीलाई माओवादी केन्द्रमा मिसाउने पार्टी अध्यक्ष माधवकुमार नेपालको निर्णयविरुद्ध असन्तुष्ट समूहले आज पत्रकार सम्मेलन गर्दैछ। सचिव रामकुमारी झाँक्री, किसान श्रेष्ठ, अम्बरबहादुर थापा, गम्भीरलाल श्रेष्ठ, पिताम्बर तिम्सिना र अर्जुन राईलगायतका करिब १०० नेता कार्यकर्ताले एमाले फर्किने घोषणा गर्ने तयारी गरेका छन्।

पत्रकार सम्मेलन आज बिहान १० बजे काठमाडौंको होटल बसेरामा आयोजना गरिएको छ। राजनीतिक वृत्तमा खनाल–ओली भेट र झाँक्री समूहको कदमले समाजवादी पार्टीभित्र ठूलो विभाजन र एमालेभित्र नयाँ सन्तुलनको संकेत दिएको विश्लेषण भइरहेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय