२०८३ आश्विन १३ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

इन्डियन प्रिमियर लिग (आईपीएल) र महिला प्रिमियर लिग (डब्लुपीएल) दुबैका विजेता रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) अब बिक्रीको प्रक्रियामा पुगेको छ। आरसीबीको स्वामित्वमा रहेको बहुराष्ट्रिय कम्पनी डियाजियोले आफ्नो हिस्सेदारी बेच्ने तयारी गरेको हो।

बुधबार भारतको बजार नियामक निकाय, सेबीमा दर्ता गरिएको सूचनामार्फत डियाजियोले आरसीबीमाथिको लगानीको ‘रणनीतिक समीक्षा’ सुरु गरेको जनाएको छ। कम्पनीले यो प्रक्रिया सन् २०२६ मार्चसम्म पूरा गर्ने लक्ष्य राखेको छ।

डियाजियोअन्तर्गतको युनाइटेड स्पिरिट्सका सीईओ प्रवीण सोमेश्वरका अनुसार आरसीबी कम्पनीका लागि ‘मूल्यवान तर मुख्य व्यवसायभन्दा बाहिरको सम्पत्ति’ हो। उनले भने, “हामी हाम्रो प्राथमिक व्यवसाय—रक्सी र पेय पदार्थ—मै केन्द्रित रहन चाहन्छौं।”

यसअघि आरसीबी बेच्ने अड्कलबाजीलाई अस्वीकार गर्दै आएको डियाजियो अहिले खुला रूपमा आफ्नो धारणा परिवर्तन गरेको देखिन्छ। विश्वव्यापी व्यापारिक चुनौतीका बीच कम्पनीले मुख्य व्यवसायमा मात्र ध्यान दिन खोजेको बुझिन्छ।

डियाजियोले यस निर्णयले आगामी आईपीएल वा डब्लुपीएल सिजनका तयारीमा कुनै असर नपर्ने स्पष्ट पारेको छ। कुनै पनि नयाँ मालिकले आईपीएलको स्वीकृति लिनुपर्ने भएकाले यो बिक्री प्रक्रिया २०२६ को सिजनपछि मात्र टुंगिने सम्भावना छ।

सन् २००८ मा दोस्रो सबैभन्दा महँगो फ्रेन्चाइजको रूपमा सुरुवात गरेको आरसीबीलाई विजय माल्याले १११.६ मिलियन अमेरिकी डलरमा किनेका थिए। सन् २०१६ मा माल्या बाहिरिएपछि डियाजियोले पूर्ण स्वामित्व लिएको थियो।
गत सिजन पहिलो पटक आईपीएल उपाधि जित्दै आरसीबीले आफ्नो १६ वर्ष लामो प्रतिक्षा अन्त्य गरेको थियो।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय