२०८२ चैत्र १६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
नेता तथा कार्यकर्तालाई मन्त्रालयमा अनावश्यक भेटघाट नगर्न रास्वपाको निर्देशन | सर्वोच्चद्वारा ओलीलाई छोड्न अस्वीकार, कारण देखाऊ आदेश जारी | सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु | सर्वोच्चद्वारा रमेश लेखकलाई रिहा गर्न अस्वीकार! केपी ओलीको रिट के होला ? | सांसदसँग छलफलमा बालेन: जनताले अनुभूति गर्ने कामको सूची माग | युवती जलाएर हत्या घटनामा कडा कारबाहीको माग बढ्दो | किन हटाइयो इन्ट्रान्स र ब्रिज कोर्स बन्द गर्ने निर्णयको सूचना? | मन्त्रीहरूपछि सांसदसँग संवादमा जुटे प्रधानमन्त्री बालेन्द्र शाह | ओली र लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन छुट्टाछुट्टै इजलासमा | ओलीको उपचारमा प्रभावकारी व्यवस्था गर्न अदालतको आदेश |

सरकारले देशभरका सार्वजनिक स्थलमा निःशुल्क वाइफाई सेवा विस्तारको अभियानलाई तीव्र बनाएको छ। सूचना प्रविधिमा पहुँच सबैका लागि भन्ने लक्ष्यसहित काठमाडौँका प्रमुख स्थानदेखि दुर्गम गाउँसम्म वाइफाई विस्तार कार्य अघि बढाइएको हो।

हाल नयाँ बसपार्क, महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल, पशुपति आर्यघाट र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निःशुल्क वाइफाई सञ्चालनमा छ। यससँगै राजधानीका १९ सार्वजनिक स्थलमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध छ। सरकारले अब सोलुखुम्बु, रौतहट, गुल्मी, जुम्ला, बैतडी लगायतका जिल्लामा पनि वाइफाई विस्तार गर्ने तयारी गरेको छ।

नेपाल दूरसञ्चार प्राधिकरणको समन्वयमा नेपाल टेलिकम, एनसेल, वर्ल्डलिङ्क र भयानेट कम्पनीले यो अभियानमा सहकार्य गरेका छन्। प्राधिकरणका अनुसार वीर अस्पताल, प्रसूति गृह, गङ्गालाल हृदय केन्द्र, ट्रमा सेन्टर लगायतका अस्पतालमा ब्यान्डविथ बढाएर १५० एमबिपिएस पुर्‍याइएको छ र प्रति डिभाइस प्रयोग सीमा ५०० एमबी गरिएको छ।

नेपाल टेलिकमले ३५ विमानस्थलमा पनि निःशुल्क वाइफाई सेवा सुरु गर्ने योजना अघि बढाएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा राजधानीका ठूला अस्पताल र सार्वजनिक स्थलमा मर्मत, स्तरोन्नति र नयाँ जडानको काम भइरहेको छ।

हाल भक्तपुर क्यान्सर अस्पतालमा ६ र कीर्तिपुर अस्पतालमा ५ एक्सेस प्वाइन्टमार्फत वाइफाई सञ्चालनमा आएको छ। मन्त्रालयले उपत्यकाबाहिरका १० सहरमा समेत सेवा विस्तार गर्ने योजना अघि बढाएको छ।

हाल नेपालमा ५८ वटा ब्रोडब्यान्ड इन्टरनेट प्रदायक छन्। अधिकांशले ‘फाइबर टु दी होम’ प्रविधि प्रयोग गर्छन्। विशेषज्ञहरूका अनुसार इन्टरनेट आज सूचना, शिक्षा, स्वास्थ्य र मनोरञ्जनका क्षेत्रमा अनिवार्य आवश्यकता बनेको छ। सरकारले यो सेवालाई निःशुल्क विस्तार गर्न सकेमा डिजिटल पहुँच सबैका लागि सम्भव हुने विश्वास व्यक्त गरेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय