२०८३ आश्विन १५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

जनार्दन शर्मा, प्रगतिशील अभियानका नेता  एकीकृत समाजवादीका पूर्व महासचिव घनश्याम भुसाल र कम्युनिस्ट पार्टी नेपालका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच आज बिहान ललितपुरको हरिसिद्धीस्थित विप्लव निवासमै भेटवार्ता भएको छ।

भेटवार्तामा तीनै नेताले कात्तिक १९ गते भएको माओवादी केन्द्र, एकीकृत समाजवादीसहित १० वामपन्थी घटकबीचको एकता प्रक्रियाप्रति आफ्ना असन्तुष्ट विचारहरू व्यक्त गरेका छन्।

साथै, एमाले र नव गठित नेकपासँग असन्तुष्ट वामपन्थी नेताहरूबीच छुट्टै ध्रुवीकरणको सम्भावना र आगामी रणनीति समेत छलफलको मुख्य विषय भएको जनाइएको छ।

तीन नेताबीचको भेटवार्ताले वामपन्थी आन्दोलनमा नयाँ गठबन्धन र रणनीतिक समन्वयका संकेतहरू दिने अपेक्षा गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय