२०८२ मंसिर २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रवि लामिछानेमाथि सरकारको धारणा खोज्दै रास्वपा | पाल्पामा जीप दुर्घटना : ३ जनाको मृत्यु ९ घाइते | सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै आज चार नयाँ अनुहार मन्त्री बन्दै | एमालेको महाधिवेशनलाई ध्यानमा राख्दै नागढुङ्गा मलेखु सडक दुई दिन खुला | धुर्मुसको स्पष्टीकरण : ‘भागेका होइनौँ, छोरीको उपचारका लागि अमेरिका आएका हौँ’ | रास्वपाले समानुपातिक नाम दर्ताको म्याद पुस ५ सम्म बढायो | जेन–जी आन्दोलनमा ८४ अर्ब क्षति, पुनर्निर्माणका लागि ३६ अर्ब बजेट आवश्यक | अर्थ मन्त्रालयको बदमासी कि प्राविधिक समस्या? मधेशको बजेट ‘फ्रीज’को वास्तविकता के हो? | जेनजी–सरकार सम्झौतामा दलहरूको शङ्का : वैधानिकता र कार्यान्वयनमै प्रश्न | विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा |

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आजबाट औपचारिक रूपमा सुरू हुँदैछ। उद्घाटन खेलमा गत वर्षको च्याम्पियन जनकपुर बोल्ट्स र बलियो टिम काठमाडौं गोर्खाज बीच दिउँसो ४ बजे कीर्तिपुरस्थित त्रिवि मैदानमा प्रतिस्पर्धा हुनेछ।

यस वर्षका सबै खेलहरू दिउँसो र राति गरी त्यही मैदानमा आयोजना हुनेछन्। नेपाल क्रिकेट संघ (क्यान)ले दैनिक ९ हजार ४५० टिकट बिक्री गर्ने बताएको छ। पहिलो दिनको टिकट तीन दिनअघि नै सकिएको छ, जसले प्रतियोगिताप्रतिको उत्साह स्पष्ट देखाउँछ।

क्यानका सचिव पारस खड्काले अधिक भीड हुन नदिन र सहज व्यवस्थापनका लागि धेरै दर्शकलाई टेलिभिजन वा डिजिटल माध्यमबाट खेल हेर्न आग्रह गरेका छन्। एनपीएल मंसिर १ देखि २७ सम्म चल्नेछ ।

लिग चरणदेखि तीन प्लेअफ र फाइनल गरी कुल ३२ खेल खेलाइने कार्यक्रम रहेको छ। उद्घाटन दिन साधारण टिकट ५ सय र प्रिमियम १५ सय तोकिएको छ। अन्य दिनमा साधारण ५ सय र प्रिमियम १ हजार रहनेछ। प्लेअफपछि भने मूल्य जनरल १ हजार र प्रिमियम २ हजार हुनेछ। क्यानले सिजनल टिकट १५ हजारमा उपलब्ध गराएको छ।

एनपीएलमा यसपटक आठ टिमहरूको प्रतिस्पर्धा हुनेछ—जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स।

भोलिको खेलमा चितवन राइनोज र कर्णाली याक्स आमनेसामने हुनेछन् भने दोस्रो भिडन्त विराटनगर किंग्स–पोखरा एभेन्जर्स बीच हुनेछ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय