नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनविरुद्ध पार्टीले कानुनी उपचार र शान्तिपूर्ण सङ्घर्षको बाटो अपनाउने बताए।
विघटित प्रतिनिधिसभासम्बद्ध एमाले सदस्यहरूको बैठकमा अध्यक्ष ओलीले संसद् पुनर्स्थापना गराएर राजनीतिक निकास खोज्नुपर्ने उल्लेख गर्दै, “हामी सर्वोच्च अदालतमा रिट दिएर संसद् पुनर्स्थापनाका लागि अगाडि बढ्नेछौँ,” भने।
बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सङ्कटको समयमा एमालेको भूमिका देशको भविष्यका लागि महत्वपूर्ण रहेको बताए। महासचिव शंकर पोखरेलले गत भदौ २३–२४ गतेका घटनाको निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिएका छन्।
