२०८३ आश्विन १३ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा मंगलबारको दोस्रो खेलमा विराटनगर किङ्सले उत्कृष्ट जित हात पारेको छ। बलियो ब्याटिङ प्रदर्शनसहित विराटनगरले पोखरा एभेन्जर्सलाई ५३ रनले हराउँदै दुई अंक सुरक्षित गर्यो।

टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले ६ विकेटको क्षतिमा २२० रन जोड्दै एनपीएल इतिहासकै उच्च स्कोर बनायो। लोकेश बमको ७२ रन र मार्टिन गुप्टिलको ६१ रनले विराटनगरको पारीलाई बलियो बनायो। उनीहरूले दोस्रो विकेटका लागि १३२ रनको विशाल साझेदारी बनाए। शुभम रञ्जनेले १६ बलमा ३८ रन थपे भने बसिर अहमदले २३ रनको योगदान दिए।

२२१ रनको लक्ष्य पछ्याउन मैदान उत्रिएको पोखरा एभेन्जर्स १८ ओभर ५ बलमै १६७ रनमा अलआउट भयो। कप्तान कुशल भुर्तेलले ५९ रन बनाउँदै संघर्ष गरे। एडम रोस्सिंटनले ३९ र ड्यान डाउवेर्थले २९ रन जोडे तर बाकी ब्याटरले जम्न सकेनन्।

विराटनगरका बलरले पोखरालाई तहसनहस बनाए। प्रतिश जिसी, शुभम रञ्जने, मार्चन्ट डि लिङ्गे र कप्तान सन्दीप लामिछानेले २–२ विकेट लिए भने बसिर अहमद र सूर्य तामाङले एक–एक विकेट हात पारे।

उत्कृष्ट ब्याटिङ र प्रभावशाली बलिङ प्रदर्शनले विराटनगर किङ्सलाई यस सिजनको पहिलो जित मात्र होइन, आफ्नो पुरानै उच्च स्कोरको रेकर्ड तोड्ने मौका पनि दियो।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय