२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता |

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा सुरक्षा व्यवस्थालाई विशेष प्राथमिकता दिइएको छ। रंगशाला परिसरमा प्रहरीले, ट्राफिक, सशस्त्र र क्यानले व्यवस्था गरेका जनशक्तीसहित एक हजार ५०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।

सुरक्षाको समन्वय गरिरहेका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार नेपाल प्रहरीले मात्र एक हजार २२३ सुरक्षाकर्मी मैदान वरपर तैनाथ गरेको छ। बाँकी संख्या ट्राफिक प्रहरी, सशस्त्र प्रहरी र क्यानले जुटाएका सुरक्षाकर्मीले पूरा गरेका छन्।

यसपटक दर्शक भीडलाई व्यवस्थित गर्न रंगशालामा तीनवटा ढोकाबाट प्रवेशको व्यवस्था गरिएको छ। गत वर्षजस्तो एकै ठाउँमा भीड थुप्रिने अवस्था नरहने भट्टराईको भनाइ छ। बढ्दो क्रिकेट क्रेजलाई मध्यनजर गर्दै रंगशालाको विभिन्न स्थानमा नयाँ संरचना र मार्ग व्यवस्थापन पनि सुधारिएको छ।

४२ वटा सिसिटिभी क्यामेराबाट चौबिसै घण्टा निगरानी गरिँदै छ भने ड्रोनमार्फत पनि माथिबाट सुरक्षा अनुगमन भइरहेको छ। टिकट वा पास बिना प्रवेश रोक्न बाहिरी पर्खालमा काँडेतारसम्म राखिएको छ।

रोजगारी, जाँच यन्त्र, तालिमप्राप्त कुकुरसहित दैनिक खेलअघि विस्तृत सुरक्षा जाँच गरिने उपरीक्षक भट्टराईले बताए। त्रिभुवन विश्वविद्यालयका विभिन्न विभागतर्फ जाने सवारीहरू यही मार्ग प्रयोग गर्ने भएकाले ट्राफिक व्यवस्थापन ठूलो चुनौती भएको पनि प्रहरीले उल्लेख गरेको छ।

खेलाडीहरूका आवतजावतलाई सुरक्षित बनाउन टोलीलाई छुट्टै सुरक्षाकर्मी तैनाथ गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय