२०८२ मंसिर २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रवि लामिछानेमाथि सरकारको धारणा खोज्दै रास्वपा | पाल्पामा जीप दुर्घटना : ३ जनाको मृत्यु ९ घाइते | सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै आज चार नयाँ अनुहार मन्त्री बन्दै | एमालेको महाधिवेशनलाई ध्यानमा राख्दै नागढुङ्गा मलेखु सडक दुई दिन खुला | धुर्मुसको स्पष्टीकरण : ‘भागेका होइनौँ, छोरीको उपचारका लागि अमेरिका आएका हौँ’ | रास्वपाले समानुपातिक नाम दर्ताको म्याद पुस ५ सम्म बढायो | जेन–जी आन्दोलनमा ८४ अर्ब क्षति, पुनर्निर्माणका लागि ३६ अर्ब बजेट आवश्यक | अर्थ मन्त्रालयको बदमासी कि प्राविधिक समस्या? मधेशको बजेट ‘फ्रीज’को वास्तविकता के हो? | जेनजी–सरकार सम्झौतामा दलहरूको शङ्का : वैधानिकता र कार्यान्वयनमै प्रश्न | विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा |

प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन बहिष्कार गर्ने सोच त्याग्न राजनीतिक दलहरूलाई कडा स्वरमा आग्रह गरेकी छन्। निर्वाचन आयोगमा दर्ता भएका दलका प्रतिनिधिसँगको संवाद कार्यक्रममा उनले संसद् पुनःस्थापनाको माग उठाएर संविधान प्रक्रियालाई उल्ट्याउने प्रयास नगर्न चेतावनी दिइन्।

कार्कीले संसद् पुनःस्थापनाको माग अब ‘विगतको दुर्घटना दोहोर्‍याउने’ प्रयास मात्र हुने भन्दै राजनीतिक बहसलाई निर्वाचनमा केन्द्रित गर्न सबै दललाई आह्वान गरिन्। “संवैधानिक निकास निर्वाचन हो, बहिष्कार होइन,” उनले स्पष्ट भनिन्।

उनका अनुसार संविधानले दिएको बाटोअनुसार निर्वाचन नै राजनीतिक स्थिरताको एकमात्र उपाय हो। उनले मंसिर १० भित्र सबै दलले अनिवार्य रूपमा दर्ता हुनुपर्ने भन्दै, दर्ता नगर्नु वा बहिष्कार गर्नु लोकतन्त्र होइन, अराजकताप्रतिको झुकाव भएको टिप्पणी गरिन्।

प्रधानमन्त्री कार्कीले लोकतन्त्रमा जनमतको सम्मान गर्नैपर्ने र जनमत परीक्षणबाट भाग्नेलाई लोकतन्त्रको मूल्य–मान्यताबाट पलायन गरेको ठहरिने बताइन्। “राजनीतिक दल लोकतन्त्रका वाहक हुन्। उनीहरूको सहभागिता र सहकार्यबिना चुनावको कल्पना नै हुँदैन,” उनले जोड दिइन्।

उनका अनुसार निर्वाचनको समयसीमा केवल प्रशासनिक प्रक्रिया मात्र होइन, राष्ट्रप्रतिको न्यूनतम राजनीतिक प्रतिबद्धताको कठोर परीक्षण पनि हो।

प्रधानमन्त्रीको चेतावनीसँगै आगामी निर्वाचनमा दलहरूको सहभागिता कत्तिको व्यापक हुन्छ भन्ने चासो अझ बढेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय