२०८३ आश्विन २० | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन बहिष्कार गर्ने सोच त्याग्न राजनीतिक दलहरूलाई कडा स्वरमा आग्रह गरेकी छन्। निर्वाचन आयोगमा दर्ता भएका दलका प्रतिनिधिसँगको संवाद कार्यक्रममा उनले संसद् पुनःस्थापनाको माग उठाएर संविधान प्रक्रियालाई उल्ट्याउने प्रयास नगर्न चेतावनी दिइन्।

कार्कीले संसद् पुनःस्थापनाको माग अब ‘विगतको दुर्घटना दोहोर्‍याउने’ प्रयास मात्र हुने भन्दै राजनीतिक बहसलाई निर्वाचनमा केन्द्रित गर्न सबै दललाई आह्वान गरिन्। “संवैधानिक निकास निर्वाचन हो, बहिष्कार होइन,” उनले स्पष्ट भनिन्।

उनका अनुसार संविधानले दिएको बाटोअनुसार निर्वाचन नै राजनीतिक स्थिरताको एकमात्र उपाय हो। उनले मंसिर १० भित्र सबै दलले अनिवार्य रूपमा दर्ता हुनुपर्ने भन्दै, दर्ता नगर्नु वा बहिष्कार गर्नु लोकतन्त्र होइन, अराजकताप्रतिको झुकाव भएको टिप्पणी गरिन्।

प्रधानमन्त्री कार्कीले लोकतन्त्रमा जनमतको सम्मान गर्नैपर्ने र जनमत परीक्षणबाट भाग्नेलाई लोकतन्त्रको मूल्य–मान्यताबाट पलायन गरेको ठहरिने बताइन्। “राजनीतिक दल लोकतन्त्रका वाहक हुन्। उनीहरूको सहभागिता र सहकार्यबिना चुनावको कल्पना नै हुँदैन,” उनले जोड दिइन्।

उनका अनुसार निर्वाचनको समयसीमा केवल प्रशासनिक प्रक्रिया मात्र होइन, राष्ट्रप्रतिको न्यूनतम राजनीतिक प्रतिबद्धताको कठोर परीक्षण पनि हो।

प्रधानमन्त्रीको चेतावनीसँगै आगामी निर्वाचनमा दलहरूको सहभागिता कत्तिको व्यापक हुन्छ भन्ने चासो अझ बढेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय