२०८२ मंसिर २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रवि लामिछानेमाथि सरकारको धारणा खोज्दै रास्वपा | पाल्पामा जीप दुर्घटना : ३ जनाको मृत्यु ९ घाइते | सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै आज चार नयाँ अनुहार मन्त्री बन्दै | एमालेको महाधिवेशनलाई ध्यानमा राख्दै नागढुङ्गा मलेखु सडक दुई दिन खुला | धुर्मुसको स्पष्टीकरण : ‘भागेका होइनौँ, छोरीको उपचारका लागि अमेरिका आएका हौँ’ | रास्वपाले समानुपातिक नाम दर्ताको म्याद पुस ५ सम्म बढायो | जेन–जी आन्दोलनमा ८४ अर्ब क्षति, पुनर्निर्माणका लागि ३६ अर्ब बजेट आवश्यक | अर्थ मन्त्रालयको बदमासी कि प्राविधिक समस्या? मधेशको बजेट ‘फ्रीज’को वास्तविकता के हो? | जेनजी–सरकार सम्झौतामा दलहरूको शङ्का : वैधानिकता र कार्यान्वयनमै प्रश्न | विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा |

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अहिलेको राजनीतिक अवस्थाले देशलाई अस्थिरतामा लैजाने खतरा बढेको बताउँदै संसद् पुनःस्थापनाको विकल्प बन्द गर्न नहुने बताएका छन्।

पार्टी पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता महतले जेन–जी आन्दोलनका क्रममा कांग्रेसका संस्थापक नेताहरूको घरमा भएको आक्रमणले पार्टीको आत्मबल कमजोर नपार्ने दाबी गरे। उनले भने, “कांग्रेसको इतिहास संघर्षको इतिहास हो। आन्दोलनमा क्षति पुगे पनि कांग्रेस फेरि उठ्नेछ, अझै बलियो रूपमा।”

उनका अनुसार बैठकमा अहिलेको राजनीतिक संकट समाधानका लागि पार्टी एकताबद्ध हुनुपर्ने निष्कर्ष निकालिएको छ। “अहिलेको आवश्यकता भनेको एकता हो। सबै तहका नेताले सहमति खोज्नुपर्छ,” उनले जोड दिए।

जेन–जी आन्दोलनसम्बन्धी घटनाको छानबिन आयोगबारे बोल्दै महतले रमेश लेखकलगायतका नेताहरूमाथि अनुसन्धान अघि बढाउँदा कानूनी प्रक्रिया र निष्पक्षताको ख्याल राख्नुपर्ने बताए। “छानबिनका लागि आयोग बनेको हो, त्यसैले निर्णय पनि आयोगले नै गर्नुपर्छ,” उनले स्पष्ट गरे।

एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद् पुनःस्थापनाको माग अघि सारेको प्रसंगमा उनले भने, “यो विषय पहिलेदेखि उठ्दै आएको हो। संविधान र कानूनी दृष्टिले वर्तमान सरकार वैधानिक देखिँदैन, त्यसैले संसद् पुनःस्थापनाको विकल्प खुला राख्नैपर्छ।”

उनले कांग्रेस जहिल्यै पनि लोकतान्त्रिक अभ्यास र विश्वसनीय निर्वाचनको पक्षमा रहने पार्टी भएको स्मरण गराउँदै भने, “देशलाई फेरि अनिर्णय र अस्थिरताको बन्दी बनाउन मिल्दैन। निर्वाचन वा पुनःस्थापनामध्ये जो पनि बाटो होस्, त्यो संवैधानिक र पारदर्शी हुनुपर्छ।”

प्रवक्ता महतले पार्टीको महाधिवेशन तयारी र आगामी नीति दिशाबारे पनि बैठकमा छलफल भएको जानकारी दिए। कार्यवाहक सभापतिबारे भने कुनै निर्णय नभएको उनले बताए। बैठक भोलि पुनः बस्ने र असोज २६ गतेदेखि सुरु हुने केन्द्रीय समितिको बैठकमा सभापति देउवा स्वयं सहभागी हुने तयारी रहेको उनले जानकारी दिए।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय