२०८२ चैत्र १६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
ब्रिज कोर्सदेखि संविधान संशोधनसम्म: मन्त्रिपरिषद् बैठकका निर्णय | नेता तथा कार्यकर्तालाई मन्त्रालयमा अनावश्यक भेटघाट नगर्न रास्वपाको निर्देशन | सर्वोच्चद्वारा ओलीलाई छोड्न अस्वीकार, कारण देखाऊ आदेश जारी | सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु | सर्वोच्चद्वारा रमेश लेखकलाई रिहा गर्न अस्वीकार! केपी ओलीको रिट के होला ? | सांसदसँग छलफलमा बालेन: जनताले अनुभूति गर्ने कामको सूची माग | युवती जलाएर हत्या घटनामा कडा कारबाहीको माग बढ्दो | किन हटाइयो इन्ट्रान्स र ब्रिज कोर्स बन्द गर्ने निर्णयको सूचना? | मन्त्रीहरूपछि सांसदसँग संवादमा जुटे प्रधानमन्त्री बालेन्द्र शाह | ओली र लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन छुट्टाछुट्टै इजलासमा |

नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशलाई सही मार्गमा फर्काउने समय आएको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत शुक्रबार यस सन्देश प्रवाह गर्दै आगामी कार्यक्रमबारे जानकारी दिएका छन्।

पोखरेलका अनुसार, एमालेले आज राष्ट्रिय स्वयंसेवक फोर्सको गठन गर्दै भोलि मंसिर ६ गते काठमाडौँमा व्यापक जनप्रदर्शन गर्ने तयारीमा रहेको छ। उनले यसलाई आफ्नो कर्तव्य र अधिकारको हिस्सा भएको बताएका छन्।

‘अब समय आएको छ– देशलाई सही दिशामा फर्काउने। मंसिर ५ गते राष्ट्रिय स्वयंसेवक फोर्स गठन र मंसिर ६ गते काठमाडौँमा व्यापक जनप्रदर्शन– हाम्रो कर्तव्य, हाम्रो अधिकार,’ महासचिव पोखरेलले भने।

साथै उनले शान्ति, सुरक्षा र लोकतन्त्रको संरक्षणका लागि सबै एकताबद्ध भएर अघि बढ्न पनि जनता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय