२०८३ आश्विन १४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज दुई आकर्षक खेलसँग अघि बढ्दैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ११:१५ बजे हुने पहिलो खेलमा कर्णाली र लुम्बिनी लायन्स भिड्नेछन्।

रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनी पहिलो खेलमा चितवन राइनोजलाई हराएर आज लगातार दोस्रो जितका लागि उत्रिँदैछ। सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली भने पहिलो पराजयपछि आज जितको खोजीमा हुनेछ।

दोस्रो खेल दिउँसो ३:३० बजे काठमाडौं गोर्खाज र विराटनगर किङ्सबीच हुनेछ। करण केसीको नेतृत्वमा रहेको काठमाडौं तेस्रो खेल खेल्दैछ पहिलो खेलमा जनकपुरलाई हराएको काठमाडौं दोस्रो खेलमा सुदूरपश्चिमसँग पराजित भएको थियो।

सोही बेला, सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर लगातार दोस्रो जितको लक्ष्यसहित मैदानमा झर्दैछ। विराटनगरले आफ्नो पहिलो खेलमा पोखरा एभेन्जर्सलाई सहज रूपमा पराजित गरेको थियो।

दुवै खेलले अंकतालिकाको स्थितिमा उल्लेखनीय प्रभाव पार्ने भएकाले आजका भिडन्तलाई निकै महत्वका साथ हेरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय