२०८३ आश्विन १२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

नेपाली बक्स अफिसमा हाल सर्वाधिक चर्चा कमाइरहेको फिल्म ‘परान’ले २३ दिनमै १४ करोड १६ लाख रुपैयाँभन्दा बढी ग्रस कलेक्सन गर्दै यसअघि शीर्षमा रहेको ‘जारी–२’लाई ठूला अन्तरले पछाडि पारेको छ। कार्तिक १४ देखि प्रदर्शनमा आएको फिल्मले शुरुवाती कमजोर व्यापारबाटै क्रमशः दर्शक तान्दै उत्कृष्ट कमाइ गरेको हो।

प्रारम्भमा करिब ६ लाखको व्यापारमा सीमित रहेको ‘परान’ले हलमा दर्शकको चाप बढ्दै जाँदा ‘पूर्णबहादुरको सारङ्गी’ले देखाएको बक्स अफिस ट्रेन्ड पछ्याउँदै लगेको छ। ‘सारङ्गी’ जस्तै सुस्त सुरुवातपछि शो संख्या बढ्दै व्यापार उकासिएको देखिन्छ।

चलचित्र विकास बोर्डद्वारा सार्वजनिक ताजा रिपोर्टअनुसार ‘परान’को २३ दिनको कुल ग्रस कलेक्सन १४ करोड १६ लाख ५१ हजार पुगेको छ। यसै अवधिमा अनमोल केसी अभिनीत ‘जेरी अन टप’ ले १२ करोड ९७ लाख ४८ हजार ग्रस कमाइ गरेको छ।

यता, उपेन्द्र सुब्बाको निर्देशनमा बनेको ‘जारी–२’ले भने मात्र ५ करोड ८९ लाख ३ हजारसम्मको व्यापार गर्न सकेको छ। अघिल्लो वर्ष ‘जारी’ले कायमै राखेको सर्वाधिक कमाइको रेकर्डकै छायामा यसको अहिलेसम्मको प्रदर्शन निकै कमजोर देखिएको छ।

त्यस्तै, बाल गायक अशोक दर्जी अभिनीत ‘मन बिनाको धन’ले ३ करोड ४० लाख ६३ हजार रुपैयाँ कमाइ गरेको छ।

अर्कोतिर, अघिल्लो हप्ता प्रदर्शनमा आएको ‘धागो’ र गत शुक्रबार रिलिज भएको ‘लडाइँ पहिचान’को बक्स अफिस कलेक्सन शून्य देखिएको छ। दुवै फिल्म प्रदर्शनको पहिलो दिनमै हलबाट हटेपछि बक्स अफिसमा कुनै विवरण दर्ता हुन पाएन। प्रचार–प्रसारमा निर्माण पक्षको निरासापूर्ण भूमिकाकै कारण कलाकार र दर्शक दुवैलाई प्रदर्शन भएको थाहा नपाएको अवस्था देखियो।

‘लडाइँ पहिचान’मा करिश्मा मानन्धर, धिरेन शाक्य र प्रशान्त तामाङजस्ता चर्चित कलाकारको उपस्थिति रहे पनि यसले अपेक्षित सफलता पाउन सकेन। भारतीय रियालिटी शो ‘इन्डियन आइडल’मार्फत चर्चामा आएका प्रशान्तका लागि यो फिल्म सुपर फ्लप सावित भयो।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय