२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता | सम्झौता मिति सकिन लाग्दा पनि जुम्लाको न्याउरीगाड पुल अधुरै | सेयर बजारमा गिरावटको क्रम जारी | सुधनको छानबिनप्रति कांग्रेस सभापति गगन थापाको कटाक्ष: “झन्झट किन गरेको? पहिल्यै होइन भने भइहाल्थ्यो” |

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुशासन, द्रुत विकास र वैकल्पिक राजनीतिक धार सिर्जनाको लक्ष्यसहित संगठन पुनर्संरचना र विस्तारका कामलाई तीव्र बनाएको छ। मंगलबार बसेको सचिवालय बैठकले देशभरका सबै पालिकामा ‘र्यापिड एक्सन टिम’ बनाउने निर्णय गर्दै समान सोच भएका वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा उभिन खुलेर आह्वान गरेको छ।

बैठकमा उच्च संवाद समितिले विभिन्न दल, समूह र व्यक्तिहरूसँग भइरहेको राजनीतिक संवादको प्रगतिबारे विस्तृत ब्रिफिङ प्रस्तुत गरेको थियो। सम्भावित राजनीतिक ध्रुवीकरण र नयाँ सहकार्यको सम्भावनालाई व्यवस्थित रूपमा अघि बढाउन सचिवालयले आवश्यक समन्वय गर्ने निर्णय भएको रास्वपाले जनाएको छ।

आगामी निर्वाचनलाई केन्द्रमा राख्दै पार्टीले सांगठनिक जिम्मेवारीमा व्यापक हेरफेर सुरु गरेको छ। यसअन्तर्गत प्रदेश इन्चार्जमा रहेर काम गर्दै आएका सचिवालय सदस्यहरूलाई त्यस भूमिकाबाट मुक्त गर्दै चुनावमुखी गतिविधिमा सक्रिय रूपमा परिचालन गरिने भएको छ। अब प्रदेश इन्चार्जको जिम्मेवारी केन्द्रीय सदस्यहरूले सम्हाल्नेछन्।

संगठन सुदृढीकरणका लागि सबै पालिकामा गठन गरिने र्यापिड एक्सन टिमलाई प्रदेश तथा जिल्ला संरचनाले मार्गनिर्देशन गर्नेछ। अभियानलाई देशव्यापी रूपमा प्रभावकारी बनाउँदै वैकल्पिक राजनीतिक शक्तिको साझा मोर्चा निर्माण गर्ने पार्टीको लक्ष्य देखिएको छ।

यस्तै, कार्यसम्पादन मूल्यांकन प्रतिवेदनका आधारमा कीर्तिपुर नगर समिति पार्टी विधानको धारा ७० अनुसार विघटन गरिएको छ। पार्टीका केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगमा रहेका रिक्त पदहरू पूर्तिका लागि योग्य व्यक्तिहरूको नाम सिफारिस गर्न केन्द्रीय सदस्यहरूलाई अनुरोध गरिएको बताइएको छ।

रास्वपाले वैकल्पिक राजनीति सुदृढ बनाउन संगठनात्मक एकता र नयाँ ऊर्जा आवश्यक रहेको भन्दै सबै समान मतधाराका राजनीतिक समूहलाई सहकार्यतर्फ उन्मुख हुन आग्रह गरेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय