२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता | सम्झौता मिति सकिन लाग्दा पनि जुम्लाको न्याउरीगाड पुल अधुरै | सेयर बजारमा गिरावटको क्रम जारी | सुधनको छानबिनप्रति कांग्रेस सभापति गगन थापाको कटाक्ष: “झन्झट किन गरेको? पहिल्यै होइन भने भइहाल्थ्यो” |

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विवेकशील साझा पार्टीले अघि सारेको एकीकरण प्रस्तावलाई औपचारिक रूपमा अनुमोदन गरेको छ। केन्द्रीय समितिको विशेष बैठकले सर्वसम्मत रूपमा प्रस्ताव स्वीकार गर्दै भोलि मंसिर १४ गते आइतबार राष्ट्रिय सभागृहमा भव्य एकता घोषणासभा गर्ने निर्णय गरेको हो।

रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिएअनुसार एकता प्रक्रियालाई संस्थागत रूपमा अगाडि बढाउन पार्टीले आन्तरिक तयारी पूरा गरिसकेको छ। उनका अनुसार परिवर्तनकामी, सुशासनमुखी र जिम्मेवार राजनीतिक शक्तिहरूसँग सहकार्यलाई सुदृढ बनाउने रणनीतिअनुसार यो कदम उठाइएको हो।

बैठकले आगामी दिनमा असल शासन, पारदर्शिता र समुन्नतिको अभियानलाई लक्षित गर्दै समान विचार राख्ने राजनीतिक समूहहरूसँग मुद्दागत र संगठनात्मक तहमा सहकार्य विस्तार गर्ने निर्णय पनि गरेको छ। यसका लागि केन्द्रीय समितिको निर्देशनअनुसार पार्टी सचिवालयले गठन गरेको ‘संघीय नेतृत्व मञ्च’लाई आधिकारिक स्वीकृति प्रदान गरिएको झले बताए।

रास्वपा र विवेकशीलबीचको एकता घोषणाले समसामयिक राजनीतिक परिवेशमा नयाँ विकल्प खोजिरहेकाहरूको चासो बढाएको छ। भोलिको सभागृहमा हुने कार्यक्रमले दुवै दलको संयुक्त भविष्यको खाका पनि सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय