२०८२ मंसिर २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
एमालेको महाधिवेशनलाई ध्यानमा राख्दै नागढुङ्गा मलेखु सडक दुई दिन खुला | धुर्मुसको स्पष्टीकरण : ‘भागेका होइनौँ, छोरीको उपचारका लागि अमेरिका आएका हौँ’ | रास्वपाले समानुपातिक नाम दर्ताको म्याद पुस ५ सम्म बढायो | जेन–जी आन्दोलनमा ८४ अर्ब क्षति, पुनर्निर्माणका लागि ३६ अर्ब बजेट आवश्यक | अर्थ मन्त्रालयको बदमासी कि प्राविधिक समस्या? मधेशको बजेट ‘फ्रीज’को वास्तविकता के हो? | जेनजी–सरकार सम्झौतामा दलहरूको शङ्का : वैधानिकता र कार्यान्वयनमै प्रश्न | विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा | लुम्बिनीले सेट गर्‍यो सम्मानजनक स्कोर विराटनगरलाई १३५ रनको चुनौती | एनपीएल क्वालिफायर–२ : विराटनगरले लुम्बिनीविरुद्ध बलिङ रोज्यो | देउवासँग भएको भेटको प्रभाव छिट्टै देखिन्छ : एमाले अध्यक्ष ओली |

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा स्वदेश भित्रिएको विप्रेषण (रेमिट्यान्स) रु पाँच खर्ब ५३ अर्ब ३१ करोड पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार साउन महिनामा मात्र विप्रेषण २९ दशमलव ९ प्रतिशतले वृद्धि भई रु एक खर्ब ७७ अर्ब ४१ करोड पुगेको थियो।

भदौ महिनामा भने विप्रेषण ३३ दशमलव १ प्रतिशतले वृद्धि भई तीन खर्ब ५२ अर्ब ८ करोड पुगेको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिसँग तुलना गर्दा अघिल्लो वर्षमा तीन महिनामा चार खर्ब ८ अर्ब ७७ करोड भित्रिएको थियो।

यस अवधिमा कूल वस्तु निर्यात ८९ दशमलव ६ प्रतिशतले बढेर रु ७२ अर्ब ७८ करोड पुगेको छ भने आयात १९ दशमलव ८ प्रतिशतले वृद्धि भई ४ खर्ब ६८ अर्ब ८ करोड कायम भएको छ। परिणामस्वरूप, समीक्षा अवधिमा कूल वस्तु व्यापार घाटा १२ दशमलव २ प्रतिशतले बढेर ३ खर्ब ९५ अर्ब ३० करोड पुगेको छ।

चालु आवको पहिलो त्रैमासमा चालु खाता २ खर्ब ३७ अर्ब ५९ करोड र शोधनान्तर २ खर्ब ६४ अर्ब तीन करोडले बचतमा रहेको छ। अघिल्लो आवको सोही अवधिमा चालु खाता १ खर्ब १५ अर्ब ३६ करोड र शोधनान्तर १ खर्ब ८४ अर्ब ९९ करोड रहेको तथ्यांकले देखाउँछ।

विश्लेषकहरूले पहिलो त्रैमासको यी तथ्यांकलाई अर्थतन्त्रका लागि सकारात्मक संकेतका रूपमा लिएका छन्, विशेष गरी रेमिट्यान्स र निर्यात वृद्धि आर्थिक गतिविधि र मुद्रा प्रवाहमा बल थप्ने देखिन्छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय