२०८२ चैत्र १६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
नेता तथा कार्यकर्तालाई मन्त्रालयमा अनावश्यक भेटघाट नगर्न रास्वपाको निर्देशन | सर्वोच्चद्वारा ओलीलाई छोड्न अस्वीकार, कारण देखाऊ आदेश जारी | सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु | सर्वोच्चद्वारा रमेश लेखकलाई रिहा गर्न अस्वीकार! केपी ओलीको रिट के होला ? | सांसदसँग छलफलमा बालेन: जनताले अनुभूति गर्ने कामको सूची माग | युवती जलाएर हत्या घटनामा कडा कारबाहीको माग बढ्दो | किन हटाइयो इन्ट्रान्स र ब्रिज कोर्स बन्द गर्ने निर्णयको सूचना? | मन्त्रीहरूपछि सांसदसँग संवादमा जुटे प्रधानमन्त्री बालेन्द्र शाह | ओली र लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन छुट्टाछुट्टै इजलासमा | ओलीको उपचारमा प्रभावकारी व्यवस्था गर्न अदालतको आदेश |

नेपाली फिल्म ‘मिरमिरे’ नेपालमै मात्र होइन, मध्यपूर्वका विभिन्न देशमा पनि प्रदर्शन हुन लागेको छ। निर्माण टिमका अनुसार फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार मध्यपूर्वका प्रमुख पाँच देशमा बिक्री भइसकेको छ।

संयुक्त अरब इमिरेट्स (युएई), कतार, बहराइन, इजरायल र मलेसियामा ‘मिरमिरे’ वितरण गर्ने जिम्मा आशिष इन्टरटेन्मेन्टले लिएको निर्देशक यम शेर्पाले जानकारी दिए। उनका अनुसार विदेशी दर्शकलाई लक्षित गर्दै प्रचार–प्रसारको तयारी तीव्र बनाइएको छ।

दयाहाङ राई, सिर्जना निङलेखु र प्रकाश सपुत मुख्य भूमिकामा देखिने यस फिल्ममा शाइसा गौचन, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेललगायत कलाकारहरूको अभिनय छ।

यार्सा फिल्म्सको प्रस्तुतीमा बनेको ‘मिरमिरे’ माघ १ गतेबाट प्रदर्शनमा आउने छ। निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पाले निर्माण गरेको यो फिल्म निर्देशक यम शेर्पाको दोस्रो निर्देशन हो। यसअघि उनले ‘कार्साङ’ निर्देशन गरेका थिए।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय