२०८३ आश्विन ११ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले अपराजित सुदूरपश्चिम रोयल्समाथि प्रभावशाली जित निकाल्दै प्लेअफको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। शनिबार टीयू क्रिकेट मैदानमा भएको खेलमा १४७ रनको लक्ष्य विराटनगरले ११ ओभर ५ बलमै ४ विकेटको क्षतिमा सहज रूपमा पूरा गर्‍यो।

यो जितसँगै विराटनगरले चितवनलाई रनरेटमा पछि पार्दै दोस्रो स्थान कब्जा गर्‍यो। सुदूरपश्चिमका लागि भने यो लिगको पहिलो पराजय बन्यो। खेलभरि विराटनगरका ओपनरहरूले चम्किलो प्रदर्शन गरे। फाफ डु प्लेसिसले २० बलमा विस्फोटक ५० रन प्रहार गरे भने साम हिटलेजले पनि २७ बलमै अर्धशतक बनाए। मार्टिन गप्टिलले २२ रन थपे भने बसिर अहमद ८ रनमा आउट भए। अन्त्यतिर लोकेश बम ३ र प्रतिश जिसी १३ रनमा अविजित रहे।

बलिङतर्फ सुदूरपश्चिमका अभिनास बोहराले दुई विकेट लिए भने हर्मित सिंहले एक विकेट प्राप्त गरे।

यसअघि टस हारेर पहिले ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाएर १४७ रन जोडेको थियो। आरिफ शेख ४५ रनमा अविजित रहे। इसान पाण्डेले ३८, जोश ब्राउनले २४, कप्तान दीपेन्द्रसिंह ऐरीले १९ र विनोद भण्डारीले १५ रन जोडे।

विराटनगरका कप्तान तथा लिग स्पिनर सन्दीप लामिछाने आज चम्किए, उनले ३ विकेट लिए। प्रतिश जिसीले २ र बसिर अहमदले १ विकेट प्राप्त गरे।

यो जितसँगै पहिलो क्वालिफायरमा विराटनगर र सुदूरपश्चिम आमनेसामने हुने निश्चित भएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय