२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता |

राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईँले प्रधानमन्त्री सुशीला कार्कीसँग आज महत्वपूर्ण भेटवार्ता गरेका छन्। प्रधानमन्त्रीको सरकारी निवासमा सम्पन्न भेटपछि उनले पत्रकारहरूसँग बोल्दै आफूले मुलुकको राजनीतिक दिशाबारे सीधा जनमत लिनुपर्ने माग अघि सारेको जानकारी दिए।

प्रसाईँका अनुसार उनले राजसंस्थाको पुनःस्थापना लगायतका संवेदनशील विषयमा जनमत संग्रहमा जाने प्रस्ताव प्रधानमन्त्रीसमक्ष राखे। उनले सरकारलाई यही मागका आधारमा पुस २ गतेसम्म निर्णय दिन समयसीमासमेत तोकेका छन्।

उनका शब्दमा, “मैले स्पष्ट भन्दै राखेको छु—यो व्यवस्था टिकाउन जनमतमा जानैपर्छ। प्रधानमन्त्रीज्यूले पुस २ भित्र निर्णय सुनाउने बताउनुभएको छ।”

प्रसाईँले माग पूरा नभए कठोर परिणाम आउने चेतावनी दिए। उनले चुनाव नै प्रभावित हुने र देशमा जनआन्दोलनको सम्भावना बढ्ने दाबी समेत गरे।
“यदि सरकार टाली–मटुली भयो भने चुनाव हुनै सक्दैन। जनता उठ्न सक्छन्। मैले यत्तिकै भनेको होइन,” प्रसाईँको भनाइ थियो।

भेटवार्ताले राजनीतिक वृत्तमा नयाँ तरंग ल्याएको छ, किनकि प्रसाईँले लगातार ‘जनमत संग्रह’ र ‘व्यवस्था परिवर्तन’को एजेण्डा सार्वजनिकरूपमा उठाउँदै आएका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय