राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईँले प्रधानमन्त्री सुशीला कार्कीसँग आज महत्वपूर्ण भेटवार्ता गरेका छन्। प्रधानमन्त्रीको सरकारी निवासमा सम्पन्न भेटपछि उनले पत्रकारहरूसँग बोल्दै आफूले मुलुकको राजनीतिक दिशाबारे सीधा जनमत लिनुपर्ने माग अघि सारेको जानकारी दिए।
प्रसाईँका अनुसार उनले राजसंस्थाको पुनःस्थापना लगायतका संवेदनशील विषयमा जनमत संग्रहमा जाने प्रस्ताव प्रधानमन्त्रीसमक्ष राखे। उनले सरकारलाई यही मागका आधारमा पुस २ गतेसम्म निर्णय दिन समयसीमासमेत तोकेका छन्।
उनका शब्दमा, “मैले स्पष्ट भन्दै राखेको छु—यो व्यवस्था टिकाउन जनमतमा जानैपर्छ। प्रधानमन्त्रीज्यूले पुस २ भित्र निर्णय सुनाउने बताउनुभएको छ।”
प्रसाईँले माग पूरा नभए कठोर परिणाम आउने चेतावनी दिए। उनले चुनाव नै प्रभावित हुने र देशमा जनआन्दोलनको सम्भावना बढ्ने दाबी समेत गरे।
“यदि सरकार टाली–मटुली भयो भने चुनाव हुनै सक्दैन। जनता उठ्न सक्छन्। मैले यत्तिकै भनेको होइन,” प्रसाईँको भनाइ थियो।
भेटवार्ताले राजनीतिक वृत्तमा नयाँ तरंग ल्याएको छ, किनकि प्रसाईँले लगातार ‘जनमत संग्रह’ र ‘व्यवस्था परिवर्तन’को एजेण्डा सार्वजनिकरूपमा उठाउँदै आएका छन्।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
