२०८३ आश्विन १४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग हालै भएको भेटलाई ‘अर्थपूर्ण’ भन्दै त्यसको प्रभाव छिट्टै देखिन सक्ने बताएका छन्।

विहीबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले देउवासँगको भेट राजनीतिक परिस्थितिबारे केन्द्रीत रहेको र देशले सामना गरिरहेको समस्यामा दुवै नेताबीच गम्भीर छलफल भएको बताए। उनले अहिले आलोचना भइरहे पनि शीर्ष नेताबीचको संवादलाई स्वाभाविक प्रक्रिया भन्दै यस्तो कुराकानी राष्ट्रहितका मुद्दामा केन्द्रित हुने गरेको उल्लेख गरे।

ओलीले देउवाको नेतृत्व क्षमतालाई स्वीकार्दै, “क्षमता नभए पाँच–पाँच पटक प्रधानमन्त्री बन्न सकिंदैन,” भन्ने टिप्पणी समेत गरे। उनका अनुसार भेटको वास्तविक परिणाम सार्वजनिक हुन केही समय लागे पनि त्यसले राजनीतिक गतिरोध समाधानतर्फ संकेत गर्नेछ।

देशमा १४३ वटा दल दर्ता भएको उदाहरण दिँदै ओलीले हालको ‘दल खोल्ने प्रवृत्ति’प्रति असन्तुष्टि व्यक्त गरे। उनका अनुसार कुनै स्पष्ट नीति, विचार वा आर्थिक दृष्टिकोणबिना दल खोल्ने चलन राजनीतिक अस्थिरतामै थप बोझ बनिरहेको छ।

ओलीले राजनीतिक संवाद र सहकार्यलाई वर्तमान परिस्थितिबाट मार्ग निकाल्ने प्रमुख उपायका रूपमा प्रस्तुत गर्दै सबै पक्ष गम्भीर बन्नुपर्ने टिप्पणी गरे।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय