त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को दोस्रो क्वालिफायरमा विराटनगर किङ्सले आज लुम्बिनी लायन्सविरुद्ध पहिलो बलिङ गर्ने निर्णय गरेको छ। टस जितेका विराटनगरका कप्तान सन्दीप लामिछानेले बलिङ रोजेर प्रतिस्पर्धा सुरु गर्ने निर्णय लिएका हुन्।
पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित भएको विराटनगर आजको खेलमा फाइनल प्रवेशका लागि लुम्बिनीलाई रोक्ने लक्ष्यमा छ। लुम्बिनी भने इलिमिनेटरमा काठमाण्डू गोर्खाजलाई ४ विकेटले हराउँदै आत्मविश्वासका साथ मैदानमा उत्रने तयारीमा छ।
यी दुई टोली लिग चरणमा पनि आमनेसामने भइसकेका थिए, जसमा लुम्बिनीले विराटनगरलाई ५ विकेटले हराएको थियो। आजको खेलले फाइनल यात्रा तय गर्ने भएकाले दुवै टोलीका लागि रणनीति, खेल कौशल र मानसिक दबाब निर्णायक हुनेछ। विजेता टोली उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग भिड्नेछ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
