२०८२ मंसिर २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
एमालेको महाधिवेशनलाई ध्यानमा राख्दै नागढुङ्गा मलेखु सडक दुई दिन खुला | धुर्मुसको स्पष्टीकरण : ‘भागेका होइनौँ, छोरीको उपचारका लागि अमेरिका आएका हौँ’ | रास्वपाले समानुपातिक नाम दर्ताको म्याद पुस ५ सम्म बढायो | जेन–जी आन्दोलनमा ८४ अर्ब क्षति, पुनर्निर्माणका लागि ३६ अर्ब बजेट आवश्यक | अर्थ मन्त्रालयको बदमासी कि प्राविधिक समस्या? मधेशको बजेट ‘फ्रीज’को वास्तविकता के हो? | जेनजी–सरकार सम्झौतामा दलहरूको शङ्का : वैधानिकता र कार्यान्वयनमै प्रश्न | विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा | लुम्बिनीले सेट गर्‍यो सम्मानजनक स्कोर विराटनगरलाई १३५ रनको चुनौती | एनपीएल क्वालिफायर–२ : विराटनगरले लुम्बिनीविरुद्ध बलिङ रोज्यो | देउवासँग भएको भेटको प्रभाव छिट्टै देखिन्छ : एमाले अध्यक्ष ओली |

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनलाई ‘जनआन्दोलन’ को मान्यता दिँदै सरकारले जेनजी समूहसँग गरेको दशबुँदे सम्झौता राजनीतिक वृतमा ठूलो बहस बनेको छ। तीन महिनासम्म चलेको संवादपछि सम्झौता भए पनि प्रमुख दलहरूले यसको वैधानिकता, प्रक्रियागत मापदण्ड र कार्यान्वयन क्षमता बारे कडा प्रश्न उठाएका छन्।

बुधबार प्रधानमन्त्री सुशीला कार्की र जेनजी समूहबीच सम्झौता हस्ताक्षर भएको थियो। जेनजीका अगुवा पुरुषोत्तम यादवले सम्झौतालाई राजनीतिक रूपान्तरणतर्फको पहिलो कदम भन्दै राष्ट्रपतिसमेतको सहमतिको आग्रह गरे। पूर्वन्यायाधीश बलराम केसीले सम्झौताको १० बुँदा कानुनी रूपमा सही दिशामा रहेको बताए पनि ‘सरकारको निरन्तरता र भावी राजनीतिक इच्छाशक्ति’ नै मुख्य चुनौती हुने उल्लेख गरेका छन्।

यसैबीच नागरिक समाजका प्रतिनिधि विद्याधर मल्लिकले आन्दोलनका दुई दिनलाई ‘जनआन्दोलन’ को हैसियत मिल्नु र सहभागी युवामाथिको दण्डबोध हट्नु तत्कालीन उपलब्धि भएको प्रतिक्रिया दिए।

दलहरूको असन्तुष्टि : “सरकारको म्यान्डेट छैन”

सम्झौता सार्वजनिक भएसँगै दलहरू आक्रामक बनेका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले यसलाई “कलाविहीन नाटक” भन्दै वर्तमान सरकारसँग यस्तो निर्णय गर्ने म्यान्डेट नै नभएको आरोप लगाए।
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले भदौ २४ का हिंसात्मक गतिविधिलाई राजनीतिक आन्दोलनसँग जोडेर समाधान खोज्नु गलत भएको उल्लेख गर्दै संवैधानिक विषय समाधान गर्ने अधिकार संसद्को हुने बताए।

एमाले नेता महेश बर्तौलाले सम्झौतोलाई “अनधिकृत कागज”को संज्ञा दिए भने नवगठित नेकपा नेता अग्नि सापकोटाले पनि सम्झौतामा “वैधानिकता कम र राजनीतिक समीकरण बढी” रहेको टिप्पणी गरे।

तर पूर्वन्यायाधीश केसी दलहरूको कठोर आलोचना असंगत भएको बताउँदै, “कार्यकारी सरकारले यस्ता करार गर्न सक्ने अधिकार राख्छ,” स्पष्ट पार्छन्।

अब चुनौती कहाँ छ ?

दशबुँदे सम्झौतामा संविधान संशोधन सुझाव आयोग, समावेशिता, भ्रष्टाचार नियन्त्रण, सत्ता–शेयरिङको अन्त्य, पारदर्शी नियुक्ति, सार्वजनिक संस्थान सुधारजस्ता गम्भीर मुद्दा समेटिएका छन्।

यिनै बुँदाहरूले नै कार्यान्वयनलाई जटिल बनाउने विश्लेषकहरूको ठम्याइ छ।

सम्झौताले राजनीतिक स्थिरता वा नयाँ विवाद—कुनतर्फ मोड लिन्छ भन्ने प्रश्नमा अहिले सिंगो राजनीतिक परिवेश गम्भीर निगाहसहित हेर्दै छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय