२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

प्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलको अवसरमा शुभकामना व्यक्त गरेकी छन्। सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै उनले एनपीएलको फाइनल नेपाली खेलकुद इतिहासका लागि महत्वपूर्ण र ऐतिहासिक क्षण भएको बताएकी हुन्।

प्रधानमन्त्री कार्कीले फाइनलमा प्रतिस्पर्धा गर्ने सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स दुवै टोलीलाई सफलताको शुभकामना दिँदै प्रतियोगिताले सिंगो देशलाई उत्साहित र एकताबद्ध बनाएको उल्लेख गरेकी छन्। उनका अनुसार एनपीएलले नेपाली जनतालाई एउटै भावना र गर्वको अनुभूतिमा जोड्न सफल भएको छ।

उनले खेलमार्फत नेपाल शान्त, सुन्दर र सक्षम राष्ट्र भएको सन्देश अन्तर्राष्ट्रियस्तरमा प्रवाह भएको उल्लेख गर्दै यसले देशको आत्मविश्वास बढाएको बताइन्। खेल केवल जित र हारमा सीमित नभई राष्ट्रिय एकता, आशा र सम्भावनाको प्रतीक बनेको प्रधानमन्त्रीको भनाइ छ।

प्रधानमन्त्री कार्कीले एनपीएलको सफल आयोजनामा योगदान पुर्‍याउने आयोजक, खेलाडी, सुरक्षाकर्मी र खेलप्रेमी सबैप्रति धन्यवाद ज्ञापन गर्दै भविष्यमा पनि नेपाली खेलकुदले यस्तै सकारात्मक उचाइ हासिल गर्ने विश्वास व्यक्त गरेकी छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय