२०८३ आश्विन १३ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेलमा लुम्बिनी लायन्सका बलरहरूले प्रभावशाली प्रदर्शन गर्दै सुदूरपश्चिम रोयल्सलाई ८५ रनमै अलआउट गराएका छन्।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १९.१ ओभरमै सबै विकेट गुमाउँदै कमजोर स्कोरमा समेटिन पुग्यो। लुम्बिनीका कप्तान रोहित पौडेल, शेर मल्ल र रुबेन ट्रम्पलम्यानले घातक बलिङ गर्दै समान ३–३ विकेट हात पारे।

कप्तान रोहित पौडेलले ११औँ ओभरमा लगातार तीन विकेट लिँदै ह्याट्रिक पूरा गरे। उनले सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरी, दीपक बोहरा र पुनित मेहरालाई क्रमशः पवेलियन फर्काए। रोहितले ४ ओभरमा मात्र १२ रन खर्चिएर खेलको धार नै मोडिदिए।

रुबेन ट्रम्पलम्यानले छोटो स्पेलमै उत्कृष्ट प्रदर्शन गर्दै २.१ ओभरमा ३ रन मात्र दिएर ३ विकेट लिए। शेर मल्लले पनि ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिँदै विपक्षी ब्याटिङलाई दबाबमा राखे। तिलक भण्डारीले ४ ओभरमा २६ रन दिएर १ विकेट लिए।

सुदूरपश्चिमतर्फबाट ओपनर इशान पाण्डेले सबैभन्दा धेरै ३३ रन बनाए। ५१ बल खेलेका उनले एक चौका प्रहार गर्दै एक छेउ सम्हाल्ने प्रयास गरे। चौथो विकेटका लागि इशान र कप्तान दीपेन्द्रबीच २५ रनको साझेदारी भए पनि टोलीलाई ठूलो स्कोरसम्म पुर्‍याउन पर्याप्त भएन।

कप्तान दीपेन्द्र सिंह ऐरीले २० बलमा १३ रन बनाए भने हर्मीत सिंह र स्कट कुगेलेइनले समान १०–१० रन जोडे। तर लगातार विकेट पतनले सुदूरपश्चिमको इनिङ्स टिक्न सकेन।

फाइनल खेलमा लुम्बिनी लायन्सको सशक्त बलिङ प्रदर्शनले एनपीएलको उपाधि नजिक पुर्‍याउने संकेत दिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय