२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले सरकारले आगामी निर्वाचनका लागि राजनीतिक दलहरूसँग घनिष्ट संवाद गर्नुपर्ने बताएका छन्।

सोमबार सिन्धुलीमाढीमा आयोजित पत्रकार भेटघाटमा उनले भने, “सरकारले निर्वाचनको वातावरण बनाएको छ भन्न पनि नमिल्ने र वातावरण बिथोलेको छ भन्न पनि नमिल्ने अवस्था छ।” नेता नेपालले आफूहरू निर्वाचनको पक्षमा भए पनि सरकार र राजनीतिक दलहरूबीच पर्याप्त संवाद नभएको बताए।

उनी भन्छन्, “जेन–जी आन्दोलनपछि जनताले राजनीतिक दलहरूमा समर्थन छैन भन्ने गलत धारणा फैलाइएको भए पनि पछिल्ला कार्यक्रमहरूले त्यसलाई प्रमाणित गरेको छैन। सरकारले दलहरूसँग गहन वार्ता गरी निष्पक्ष र पारदर्शी निर्वाचन सुनिश्चित गर्नुपर्छ।”

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय