नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टी जेन–जी पुस्ताको मुख्य आकर्षण बनेको दाबी गरेका छन्।
पोखरामा आयोजित एकता सन्देश कार्यक्रममा बोल्दै उनले पछिल्लो समय जेन–जीका युवाहरू ठूलो संख्यामा पार्टीतर्फ आकर्षित भइरहेको बताए।
उनका अनुसार विरगञ्जकी मुस्कान खातुनसहित पार्टीसँग संवादमा आएका धेरै जेन–जी युवाहरू औपचारिक रूपमा नेकपा प्रवेश गरिरहेका छन्, जसले युवापुस्ताको विश्वास पार्टीतर्फ बढेको संकेत गर्छ।
नेपालले भने, “जेन–जीको आकर्षणको केन्द्र हाम्रो पार्टी बनेको छ, त्यसैले उनीहरूको भावनालाई सम्मान गर्नुपर्छ।”
यस्तै, उनले जेन–जीको नाममा अनुचित काम गर्नेहरूलाई कडाइका साथ कारबाही गर्नुपर्ने आवश्यकता पनि जोड दिए।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
