२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध | रास्वपाले साउन २५ देखि ‘हामी सुन्छौँ’ अभियान सुरु गर्ने | धवल शम्शेर राणा र दुर्गा प्रसाईंले घोषणा गरे ‘जय नेपाल पार्टी | सोधपुछका लागि बोलाइएका अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाका प्रतिनिधि समितिमा उपस्थित भएनन् | काठमाडौंबाट स्थानान्तरण गरिएका ५१ ‘सुकुमबासी’को जग्गा छ : मन्त्री प्रतिभा रावल |

प्रधानमन्त्री सुशीला कार्कीले आगामी प्रतिनिधिसभा निर्वाचनमार्फत व्यक्त हुने नयाँ जनभावनाअनुरूपको सरकारलाई सत्ता हस्तान्तरण गर्न आफू तत्पर रहेको बताएकी छन्।

ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवस समारोहमा सम्बोधन गर्दै उनले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, कम खर्चिलो र भयरहित वातावरणमा सम्पन्न गर्न सबै नागरिक र समुदायको सहयोग आवश्यक रहेको जोड दिइन्।

प्रधानमन्त्री कार्कीले सरकारको मुख्य एजेन्डा सुशासन र निर्वाचन रहेको उल्लेख गर्दै आउँदो फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न अहोरात्र खटेर तयारी अगाडि बढाइएको जानकारी गराइन्।

उनले समुदायले पनि खराब तत्त्वको प्रतिरोध गर्न भूमिका खेल्नुपर्ने बताउँदै, शान्ति खल्बल्याउने, कानुन हातमा लिनेजस्ता गतिविधि नियन्त्रण गर्न सुरक्षा प्रशासन सक्रिय रहेको जानकारी दिइन्। उनले सबैमा हातेमालो गरी मुलुकलाई संविधानसम्मत, लोकतान्त्रिक र सुशासनको मार्गमा अगाडि बढाउन आग्रह गरे।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय