२०८३ आश्विन १४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

उच्च अदालत तुल्सीपुरको बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पेश गरेको करिब २ करोड ७५ लाख रुपैयाँ बराबरको बैंक ग्यारेन्टी स्वीकार गरेको छ। अदालतले उक्त रकमलाई बिगोका हकमा सुरक्षित रहने गरी स्वीकार गर्ने आदेश दिएको हो।

न्यायाधीश वासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले सुप्रिम सहकारी प्रकरणसँग सम्बन्धित मुद्दामा रवि लामिछानेले पेश गरेको बैंक ग्यारेन्टीलाई वैध मानेको हो। अदालतका अनुसार, सहकारीबाट गोर्खा मिडियामा प्रवाह भएको रकममध्ये रविको भागमा दामासाहीले पर्न आउने बिगो बराबरको जमानत पेश गरिएको छ।

आदेशमा बचतकर्ता तथा लगानीकर्ताको रकम सुरक्षित हुनु नै पहिलो प्राथमिकता भएको उल्लेख गर्दै, रविले दिएको बैंक जमानत तोकिएका शर्तका आधारमा स्वीकार गरी मुद्दाको कारबाही अघि बढाउन भनिएको छ। यससँगै रविले अब थुनामुक्त हुन थप धरौटी बुझाउनु नपर्ने स्पष्ट गरिएको छ।

यसअघि जिल्ला अदालत रुपन्देहीले थुनछेकका क्रममा माग गरेको धरौटी रकमलाई स्वीकार नगरेको अवस्थामा उच्च अदालतले उक्त आदेश सच्याएको हो। साथै, भविष्यमा अदालतको अन्तिम फैसलाबाट थप दायित्व सिर्जना भएमा तिर्न–बुझाउन मञ्जुर रहेको कागज गराउन पनि आदेश दिइएको छ।

अदालतले रविलाई व्यक्तिगत वा संस्थागत प्रयोजनका लागि विदेश जानुपरेमा पूर्वजानकारी दिनुपर्ने शर्त पनि तोकेको छ। रविले बिगो बराबरको बैंक ग्यारेन्टीका आधारमा रिहा हुन जिल्ला अदालतमा दिएको निवेदन अस्वीकार भएपछि उच्च अदालतमा पुनरावेदन गरेका थिए। उच्च अदालतको यो आदेशसँगै उनलाई थुनामुक्त हुने बाटो खुलेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय