२०८२ चैत्र १६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
ब्रिज कोर्सदेखि संविधान संशोधनसम्म: मन्त्रिपरिषद् बैठकका निर्णय | नेता तथा कार्यकर्तालाई मन्त्रालयमा अनावश्यक भेटघाट नगर्न रास्वपाको निर्देशन | सर्वोच्चद्वारा ओलीलाई छोड्न अस्वीकार, कारण देखाऊ आदेश जारी | सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु | सर्वोच्चद्वारा रमेश लेखकलाई रिहा गर्न अस्वीकार! केपी ओलीको रिट के होला ? | सांसदसँग छलफलमा बालेन: जनताले अनुभूति गर्ने कामको सूची माग | युवती जलाएर हत्या घटनामा कडा कारबाहीको माग बढ्दो | किन हटाइयो इन्ट्रान्स र ब्रिज कोर्स बन्द गर्ने निर्णयको सूचना? | मन्त्रीहरूपछि सांसदसँग संवादमा जुटे प्रधानमन्त्री बालेन्द्र शाह | ओली र लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन छुट्टाछुट्टै इजलासमा |

प्रधानमन्त्री सुशीला कार्कीले समाजमा रहेका हानिकारक प्रथाहरूलाई क्रमशः हटाउँदै लैजानुपर्ने भए पनि नेपाली समाजको मौलिक संस्कृति, परम्परा र वेशभूषा जोगाएर राख्नुपर्नेमा जोड दिएकी छन्। आइतबार तमु ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद्को प्रतिनिधिमण्डलसँग भएको भेटका क्रममा उनले यस्तो धारणा व्यक्त गरेकी हुन्।

भेटका अवसरमा परिषद्का प्रतिनिधिहरू गुरुङ समुदायको परम्परागत वेशभूषामा उपस्थित थिए। उनीहरूको पहिरनको प्रशंसा गर्दै प्रधानमन्त्री कार्कीले मौलिक पहिचान झल्किने यस्ता पोशाकले नेपाली समाजको सांस्कृतिक विविधता झनै समृद्ध बनाउने बताइन्।

प्रधानमन्त्रीले आधुनिकताका नाममा आफ्नै संस्कृति र पहिचान बिर्सँदै जानु चिन्ताजनक विषय भएको उल्लेख गरिन्। उनका अनुसार कतिपय समाज आज आफ्नै पहिचान खोज्ने अवस्थामा पुगेका छन्, तर नेपाली समाजसँग भने पहिचानका अनेक आधार—भाषा, संस्कृति, परम्परा र वेशभूषा—पहिल्यै विद्यमान छन्।

‘आधुनिक बन्ने क्रममा आफ्नोपनै गुमाउने प्रवृत्ति बढ्दै गएको देखिन्छ,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘हामीसँग मौलिक संस्कृति र परम्पराको ठूलो धरोहर छ। यसलाई जोगाउनु सबैको साझा दायित्व हो।’

उनले सरकारी कार्यालयहरूमा समेत हप्तामा कम्तीमा एक दिन कर्मचारीहरूले आफ्नो परम्परागत पोशाक लगाउने अभ्यास सुरु गर्न सकिने विषयमा विचार गर्नुपर्ने सुझाव पनि दिइन्। यसले सांस्कृतिक पहिचानको सम्मान हुनुका साथै नयाँ पुस्तामा पनि आफ्नो संस्कृतिप्रति अपनत्व बढ्ने उनको भनाइ थियो।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय