२०८३ आश्विन १३ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

भदौ २३ र २४ गते भएका घटनाक्रमको छानबिनका क्रममा राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र साह (बालेन) सँग सोमबार सोधपुछ गरेको छ।

आयोगका अनुसार जेनजी आन्दोलनका दौरान मेयर शाहले सामाजिक सञ्जालमार्फत व्यक्त गरेका अभिव्यक्ति तथा त्यस अवधिमा देखिएका अन्य घटनाक्रमबारे स्पष्टिकरण लिन उनलाई आयोगमा उपस्थित गराइएको हो। ती अभिव्यक्तिहरू र घटनाले मानव अधिकारको दृष्टिले के–कस्तो प्रभाव पारे भन्ने विषयमा आयोगले जानकारी लिएको जनाएको छ।

राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गतेको घटनासम्बन्धी अनुसन्धान निरन्तर अघि बढाइरहेको उल्लेख गर्दै सोही प्रक्रियाको एक हिस्साका रूपमा सरोकारवाला व्यक्तिहरूसँग बयान तथा सोधपुछ भइरहेको बताएको छ। आयोगले अनुसन्धान निष्कर्षका आधारमा आवश्यक सिफारिस र कदम अघि बढाइने स्पष्ट पारेको छ।

आयोगको अनुसन्धान कार्य जारी रहँदा थप व्यक्ति तथा निकायसँग पनि आवश्यक सोधपुछ र अध्ययन गरिने जनाइएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय