२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता | सम्झौता मिति सकिन लाग्दा पनि जुम्लाको न्याउरीगाड पुल अधुरै | सेयर बजारमा गिरावटको क्रम जारी | सुधनको छानबिनप्रति कांग्रेस सभापति गगन थापाको कटाक्ष: “झन्झट किन गरेको? पहिल्यै होइन भने भइहाल्थ्यो” |

जेनजी आन्दोलनका क्रममा आगजनी र क्षति भएका राजनीतिक दलका कार्यालयहरूको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोली आज फिल्डमा निस्कने भएको छ ।

संवाद समितिमा कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल रहेका छन् । समितिले आज विभिन्न राजनीतिक दलका केन्द्रीय कार्यालय पुगेर अवस्था अवलोकन गर्नुका साथै नेताहरूसँग प्रत्यक्ष छलफल गर्ने कार्यक्रम तय भएको छ ।

कार्यतालिकाअनुसार सरकारी टोलीले बिहान ११ बजे नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपा पुगेर अनुगमन सुरु गर्नेछ । त्यसपछि दिउँसो १ बजे नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासल र दिउँसो ३ बजे नेपाली कम्युनिस्ट पार्टी (तत्कालीन माओवादी केन्द्र) को कार्यालय पेरिसडाँडा जाने कार्यक्रम रहेको छ । आवश्यकताअनुसार अन्य दलका कार्यालयसमेत अनुगमन गर्ने तयारी रहेको बताइएको छ ।

अनुगमनका क्रममा आसन्न निर्वाचनको वातावरण निर्माण, राजनीतिक स्थायित्व र संवादको निरन्तरताका विषयमा सम्बन्धित दलका नेतृत्वसँग छलफल गरिने समितिले जनाएको छ । साथै जेनजी आन्दोलनका बेला आगजनी तथा तोडफोड भएका पार्टी कार्यालयहरूको वास्तविक अवस्था मूल्याङ्कन गरिनेछ ।

गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा कांग्रेस, एमाले, तत्कालीन माओवादी केन्द्रलगायत विभिन्न राजनीतिक दलका कार्यालय, नेताहरूका निजी निवास, सिंहदरबार, संसद् भवन, अदालत, प्रहरी कार्यालय, सपिङ मल र निजी व्यवसायिक प्रतिष्ठानहरूमा आगजनी र क्षति पुगेको थियो । उक्त घटनापछि राजनीतिक संवाद र विश्वासको वातावरण बनाउन सरकार सक्रिय रूपमा अघि बढेको छ ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय