२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता | सम्झौता मिति सकिन लाग्दा पनि जुम्लाको न्याउरीगाड पुल अधुरै | सेयर बजारमा गिरावटको क्रम जारी |

उज्यालो नेपाल पार्टीले आफ्नो अस्तित्व मासेर कुनै पनि पार्टीसँग एकतामा नजाने निर्णय गरेको छ। शुक्रबार बसेको केन्द्रीय समिति बैठकले आत्मसमर्पण गरेर एकतामा जान नहुने निष्कर्ष निकालेको हो।

बैठकमा पार्टीका संरक्षक कुलमान घिसिङले रास्वपासँग भएको एकता छलफलको अवस्थाबारे ब्रिफिङ गरेका थिए। उनका अनुसार रास्वपाले कुलमान र बालेन शाह पनि आउँदैछन् भन्ने सन्देश फैलाएर आफ्नो शक्ति विस्तार गर्न खोजेको देखिएको छ, तर उज्यालो नेपाल पार्टीको अस्तित्व स्वीकार गर्न तयार नभएको बताएका छन्।

बैठकमा अधिकांश नेताहरूले अस्तित्व स्वीकार नभए एक्लै चुनावमा जानुपर्ने धारणा राखेका छन्। उनीहरूको बुझाइमा एक्लै चुनावमा जाँदा यसपटक कि सिकाइ हुन्छ कि जित हासिल हुन्छ।

कुलमान घिसिङले रास्वपाबाट काठमाडौं महानगरका मेयर बालेन शाहमाथि पनि धोका हुन सक्ने आशंका व्यक्त गरेका छन्। उनले बालेनले रवि लामिछानेसँग पाँच वर्ष प्रधानमन्त्रीको ग्यारेन्टी मागेको तर त्यो प्रस्ताव अहिलेसम्म स्वीकार नभएको बताए। रास्वपाले बालेनलाई औपचारिक रूपमा प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय पनि नगरेको उनको भनाइ छ।

यद्यपि बैठकले सहअस्तित्व सुनिश्चित हुने गरी एकताको पक्षमा भने प्रतिबद्ध रहने निर्णय गरेको छ। आवश्यक सहकार्यका लागि सबै वैकल्पिक र अग्रगामी राजनीतिक दललाई आह्वान गर्ने र एकताको संवाद अघि बढाउन पार्टी अध्यक्षलाई अधिकार दिने निर्णय पनि गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय