२०८३ आश्विन १४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले केही नयाँ राजनीतिक पार्टी विदेशीको योजनामा गठन भइरहेको आरोप लगाएका छन्।

शनिबार झापाको बिर्तामोडमा आयोजित पार्टी सभालाई सम्बोधन गर्दै लिङ्देनले आगामी निर्वाचनको परिणामदेखि नयाँ पार्टी गठनसम्म विदेशी हस्तक्षेप बढिरहेको दाबी गरे। उनले मुलुक गम्भीर संकटमा रहेको भन्दै अहिलेको अवस्थामा राप्रपाको विकल्प नभएको बताए।

लिङ्देनले नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबाट अब देश नबन्ने टिप्पणी गरे। उनले चुनाव नै नभएको अवस्थामा केही नयाँ भनिने समूहले प्रधानमन्त्री पदको बाँडफाँट गर्न थालेको भन्दै आपत्ति जनाए।

उनले वर्तमान संविधान र व्यवस्थाले देशलाई दुर्घटनाबाट जोगाउन नसक्ने दाबी गर्दै देश जोगाउन चुनावअघि नै राजा, राजनीतिक दल, जेनजी युवा र अन्य सरोकारवालाको सहभागितामा सम्मेलन गरी नयाँ समझदारी आवश्यक रहेको बताए।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय