२०८३ आश्विन १३ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

नेकपा (एमाले)ले ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टी सचिवालयको बैठक बोलाएको छ। बैठक आइतबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ।

केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीका अनुसार बैठकको मुख्य एजेन्डा समानुपातिकतर्फका उम्मेदवारको अन्तिम सूची तय गर्नु हो। निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि आइतबार नै समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने अन्तिम मिति तोकेको छ।

जिल्ला र प्रदेशबाट आएका आकाङ्क्षीहरूको नाम संकलन गरी पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिवसहितका नेताहरूले छोटो सूची तयार गरिसकेका छन्। सचिवालय बैठकमा नेताहरूको सुझावका आधारमा अन्तिम नामावली टुंग्याइने र सोही दिन निर्वाचन आयोगमा बुझाइने तयारी गरिएको छ।

बैठकमा कार्यालय व्यवस्थापन, समसामयिक राजनीतिक अवस्था र प्रधानमन्त्रीले प्रमुख तीन दलका नेतासँग गरेको पछिल्लो छलफलका विषयमा पनि अध्यक्ष ओलीले जानकारी गराउने कार्यसूची रहेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय