२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता | सम्झौता मिति सकिन लाग्दा पनि जुम्लाको न्याउरीगाड पुल अधुरै | सेयर बजारमा गिरावटको क्रम जारी | सुधनको छानबिनप्रति कांग्रेस सभापति गगन थापाको कटाक्ष: “झन्झट किन गरेको? पहिल्यै होइन भने भइहाल्थ्यो” |

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि रौतहटमा एक मतदानस्थलसहित १८ वटा मतदान केन्द्र थप गरिएको छ। आगामी फागुन २१ गते हुने निर्वाचनमा मतदातालाई थप सहज बनाउन केन्द्र र स्थल संख्या बढाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासका अनुसार २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा जिल्लामा ५२३ मतदान केन्द्र रहेकामा यसपटक १८ वटा थपिएर ५४१ पुगेका छन्।

त्यसैगरी, अघिल्लो निर्वाचनमा २७६ मतदानस्थल रहेकोमा यस वर्ष एउटा थप भएर २७७ पुगेको छ। नयाँ मतदानस्थल गरुडा नगरपालिका–६ मा थप गरिएको हो।

जिल्लामा यसपटक २१ हजार १५६ जना मतदाता थपिएका छन्। हाल रौतहटमा कुल ४ लाख ३६ हजार ६ सय ११ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा जिल्लामा ४ लाख १५ हजार ४ सय ५५ मतदाता थिए। मतदाता संख्या बढेसँगै मतदानस्थल र मतदान केन्द्र पनि थपिएको कार्यालयले जनाएको छ।

रौतहट जिल्लामा दुई गाउँपालिका र १६ नगरपालिका छन्। जिल्लामा चार वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र १५७ वडा रहेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय