२०८२ चैत्र १७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
ब्रिज कोर्सदेखि संविधान संशोधनसम्म: मन्त्रिपरिषद् बैठकका निर्णय | नेता तथा कार्यकर्तालाई मन्त्रालयमा अनावश्यक भेटघाट नगर्न रास्वपाको निर्देशन | सर्वोच्चद्वारा ओलीलाई छोड्न अस्वीकार, कारण देखाऊ आदेश जारी | सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु | सर्वोच्चद्वारा रमेश लेखकलाई रिहा गर्न अस्वीकार! केपी ओलीको रिट के होला ? | सांसदसँग छलफलमा बालेन: जनताले अनुभूति गर्ने कामको सूची माग | युवती जलाएर हत्या घटनामा कडा कारबाहीको माग बढ्दो | किन हटाइयो इन्ट्रान्स र ब्रिज कोर्स बन्द गर्ने निर्णयको सूचना? | मन्त्रीहरूपछि सांसदसँग संवादमा जुटे प्रधानमन्त्री बालेन्द्र शाह | ओली र लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन छुट्टाछुट्टै इजलासमा |

फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै सर्लाहीमा एक सातासम्म विदेशी नम्बर प्लेटको गाडी सञ्चालनमा रोक लगाउने निर्णय गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय मलङ्गवामा शुक्रबार सुरक्षा अधिकारीसहित भएको राजनीतिक दलको बैठकले फागुन १५ गतेदेखि २२ गतेसम्म विदेशी नम्बर प्लेटका दुई पाङ्ग्रे र चारपाङ्ग्रे लगायतका सवारी साधन सञ्चालन गर्न नदिने निर्णय गरेको हो । सो अवधिमा कसैले पनि विदेशी नम्बर प्लेटका गाडी सञ्चालन गरेको पाइएमा सुरक्षामा खटिएका सुरक्षाकर्मीले नियन्त्रणमा लिनेछ ।

सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी एक हप्ता विदेशी नम्बर प्लेटको गाडी सञ्चालनमा प्रतिबन्ध लगाउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ । सर्लाहीसहित मधेश क्षेत्रमा भारतीय नम्बर प्लेटको मोटरसाइकल, स्कारपियोसहितको सवारी साधनको अत्यधिक प्रयोग हुनेगरेको छ ।

बैठकमा निर्वाचन आचारसंहिता, २०८२ जिल्लास्थित सबै राष्ट्रसेवक तथा राजनीतिक दलले इमान्दारितासाथ परिपालना गर्ने निर्णय भएको छ । त्यस्तै, बैठकमा जिल्लाको समग्र शान्ति सुरक्षा तथा समसामयिक विषयमा समीक्षा गर्नुका साथै प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वच्छ, निष्पक्ष, पारदर्शी एवं शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सबै राजनीतिक दलले प्रशासनलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले जानकारी दिनुभयो ।

सिडिओ कडरियाका अनुसार जिल्लास्थित राजनीतिक दलको बैठकमा क्षेत्र नं. ४ स्थित बलरा नगरपालिका–१, मा रहेको कृषि सेड मिर्जा हथिऔल मतदान केन्द्रमा सुरक्षित भौतिक पूर्वाधार नभएकाले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी जिल्ला सुरक्षा समितिले वडाध्यक्षसहित सरोकारवालासँग छलफल गरी निर्णय गर्नेछ ।

त्यसैगरी प्रमुख जिल्ला अधिकारी कडरिया, मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलिया र सुरक्षा निकायका प्रमुखसहित शुक्रबार नै बेग्लै बैठक गरेर निर्वाचन आचारसंहिता, २०८२ को पूर्ण पालना गराउन र निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी एवं भयमुक्त वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्था चुस्त पार्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय