२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसका पक्षमा देशैभरबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भएको बताएका छन्। शनिबार एक भिडियो सन्देश जारी गर्दै उनले यसले ऊर्जा प्राप्त भएको बताए।

उनले सन्देशमा भनेका छन्, “देशभरका साथीहरु र मतदाताले फोन गरेर तपाईंहरुले कांग्रेस रूपान्तरण गर्नुभयो, अब देश रूपान्तरण गर्ने प्रक्रियामा अझ उत्साहजनक तरिकाले अगाडि बढ्नुस् भनेको विषयले अझ उत्साही बनाएको छ।”

महामन्त्री पौडेलले देशैभरका कांग्रेसका कार्यकर्ताहरूलाई मतदातामाझ पुग्न आग्रह गर्दै राजनीतिका तमाम विकृति सफा गर्ने र नयाँ ढंगले अघि बढ्ने विश्वास दिलाएका छन्।

काठमाडौँ–५ का प्रतिनिधि सभा सदस्य उम्मेदवारसमेत रहेका महामन्त्री पौडेलले यहाँका मतदाताबाट समेत स्नेह प्राप्त भएको बताए।

उनले भने, “आदरणीय मतदाताज्यूहरूले जसरी स्नेह प्रकट गर्नुभएको छ, त्यसबाट मलाई उर्जा प्राप्त भएको छ। म अत्यन्त उत्साही छु।”

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय