२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

आईसीसी टी२० विश्वकप २०२६ अन्तर्गत पहिलो सेमिफाइनल खेल आज हुँदैछ। बुधबार हुने पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिका राष्ट्रिय क्रिकेट टोलीन्युजिल्यान्ड राष्ट्रिय क्रिकेट टोली आमनेसामने हुँदैछन्। खेल कोलकातास्थित इडेन गार्डेन मा बेलुकी सवा ७ बजेदेखि सुरु हुनेछ। दक्षिण अफ्रिका सुपर ८ बाट समूह ‘ए’को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो।

सुपर ८ मा दक्षिण अफ्रिकाले जिम्बाब्वे राष्ट्रिय क्रिकेट टोली लाई ५ विकेटले र वेस्ट इन्डिज राष्ट्रिय क्रिकेट टोली लाई ९ विकेटले पराजित गरेको थियो। साथै भारत राष्ट्रिय क्रिकेट टोली विरुद्ध ७६ रनको जित निकालेको थियो।

न्युजिल्यान्ड सुपर ८ को उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो। सुपर ८ मा उसले एक खेल जितेको थियो। इंग्ल्यान्ड राष्ट्रिय क्रिकेट टोली सँग ४ विकेटले पराजित हुँदा श्रीलंका राष्ट्रिय क्रिकेट टोली लाई ६१ रनले हराएको थियो। वर्षाका कारण पाकिस्तान राष्ट्रिय क्रिकेट टोली सँगको खेल रद्द भएको थियो।

दक्षिण अफ्रिका र न्युजिल्यान्डबीच पछिल्लो पाँच भेटमा न्युजिल्यान्डले तीन खेल जित्दा दक्षिण अफ्रिकाले दुई खेल जितेको छ। आजको खेलमा विजयी हुने टोलीले बिहीबार हुने दोस्रो सेमिफाइनलमा भारत र इंग्ल्यान्डबीचको विजेता टोलीसँग आइतबार फाइनल खेल्नेछ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय