
झापा–५ मा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफूले राम्रो मत पाउने अपेक्षा गरेको क्षेत्रको गणनामै पछि परेका छन् । एमाले नेताहरूले दमक क्षेत्रबाहिर आफूहरूको बलियो पकड रहेको बताउँदै आएका थिए । र ती क्षेत्रमा मत जोगाउन हरसम्भव कसरत गरेका थिए ।
तर अहिले कमल गाउँपालिकाको बाँसबारी मावि (क) र (ख) तथा गौरादहको मोती मावि (क) र (ख) को २ हजार ४०३ मत गणना हुँदा ओली १ हजार ९३ मतले पछि परेका छन् । रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहले १ हजार ४७८ मत ल्याउँदा ओलीले ३८५ मत पाएका छन् ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
