२०८३ आश्विन १३ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत सुदूरपश्चिम प्रदेशका मत परिणाम सार्वजनिक हुन थालेका छन्।

अघिल्लो निर्वाचनमा प्रदेशका आधा क्षेत्रमा विजयी भएको नेपाली कांग्रेस अहिलेसम्म मतगणना भएका क्षेत्रहरूमध्ये बैतडी बाहेक कतै पनि अग्रता बनाउन सकेको छैन।

अघिल्लो पटक अर्ध क्षेत्रमा विजयी भएको कांग्रेसको प्रभाव अहिले कमजोर देखिएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आधा क्षेत्रमा अग्रता बनाएको छ। अहिलेसम्म सार्वजनिक मतपरिणाम अनुसार ८ क्षेत्रमा रास्वपाले आफूलाई अग्रपंक्तिमा राखेको छ। रास्वपाले कञ्चनपुर–१, कञ्चनपुर–२, कञ्चनपुर–३, कैलाली–१, कैलाली–३, कैलाली–४, कैलाली–५ र डडेल्धुरामा अग्रता बनाइरहेको छ।

अघिल्लो निर्वाचनमा कैलाली–४ बाट वीरबहादुर बलायर र कैलाली–५ बाट डिल्लाराज पन्त विजयी भएका थिए। अहिले यी दुवै क्षेत्रमा रास्वपा का उम्मेदवारहरू अग्रस्थानमा छन्।

कञ्चनपुर क्षेत्र नं. २ मा अहिलेसम्म अग्रस्थानमा रास्वपा का दीपक बोहरा रहेका छन्, जसले कांग्रेसका एनपी साउदलाई पछाडि छोडेका छन्। कञ्चनपुर–३ मा पनि रास्वपाका ज्ञानेन्द्र महता अग्रस्थानमा छन्, जबकि अघिल्लो निर्वाचनमा कांग्रेस विजयी भएको थियो।

डडेल्धुरामा अघिल्लो पटक विजयी शेरबहादुर देउवाले टिकट नपाउँदा कांग्रेसले नैनसिंह महरलाई उम्मेदवार बनाएको थियो। अहिलेसम्म महर तेस्रो स्थानमा छन्। नेकपा (एकीकृत समाजवादी) का मानसिंह माल र रास्वपा का डा. ताराप्रसाद जोशीले महरलाई पछि पारेका छन्।

अघिल्लो पटक कांग्रेस विजयी भएको अछाम–२ मा पनि कांग्रेस उम्मेदवार अहिले पछि परेका छन्। बाजुरा र दार्चुलामा पनि अघिल्लो पटक कांग्रेस विजयी भएपनि यसपालि अग्रता रास्वपाकै पक्षमा देखिएको छ।

२०७९ को निर्वाचनमा ४ क्षेत्र जितेको नेकपा (एस) र ३ क्षेत्र जितेको नागरिक उन्मुक्ति पार्टी, तथा कुनै सिट नपाएको नेकपा (माओवादी केन्द्र) बीच एकता भए पनि अहिलेसम्म नेकपाले अपेक्षित मत पाएको देखिँदैन। हाल नेकपा (एस) का भीम रावल अछाम–१ मा अग्रस्थानमा छन्।

अघिल्लो पटक एमालेले सुदूरपश्चिम प्रदेशमा २ क्षेत्र जितेको थियो। अहिले कञ्चनपुर–१ मा रास्वपा अघि छ भने बैतडीमा कांग्रेसले अग्रता बनाएको छ।

पहिले जितेको यी क्षेत्रमा एमाले पछि परे पनि, अन्य पाँच क्षेत्रमा एमाले अग्रस्थानमा रहनु भएको छ। अघिल्लो पटक कांग्रेसले जितेको अछाम–२ मा एमाले उम्मेदवार यज्ञ बोगटी अग्रस्थानमा छन्।

त्यस्तै नेकपा (एस) ले जितेको बझाङमा एमालेका ऐन महर, अघिल्लो पटक नागरिक उन्मुक्ति पार्टीले जितेको कैलाली–२ मा एमाले उम्मेदवार सूर्य थापा, अघिल्लो पटक नेकपा (एस) ले जितेको डोटी र कांग्रेसले जितेको दार्चुलामा पनि अहिले एमाले अग्रस्थानमा छन्।

मतगणना जारी छ र अन्तिम नतिजा सार्वजनिक हुन बाँकी छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय