२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षसँगै समानुपातिक तर्फको मतगणना जारी रहेको छ। निर्वाचन आयोगका अनुसार अहिलेसम्म १ लाख ८ हजार ६८७ मत गणना भइसकेको छ।

पछिल्लो नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५९ हजार ५४६ मत ल्याएर अग्रस्थानमा छ। दोस्रो स्थानमा नेपाली कांग्रेस १९ हजार १७ मतसहित रहँदा, नेकपा एमाले तेस्रो स्थानमा ११ हजार २८७ मत प्राप्त गरेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ६ हजार ४८३, नेपाली कम्युनिस्ट पार्टी ४ हजार १५३, राष्ट्रिय परिवर्तन पार्टी २ हजार ४७३ र श्रम संस्कृति पार्टी २ हजार १७३ मत पाएका छन्।

समानुपातिक तर्फ रास्वपाको हाबीले पार्टीको व्यापक समर्थन देखाएको छ भने एमाले र कांग्रेसका मतगणना कम रहँदा, राप्रपाले नेकपाभन्दा बढी मत पाएको देखिन्छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय