२०८३ आश्विन १३ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म ११९ क्षेत्रमा विजयी भएको छ।

आज साँझ ५ बजेसम्म सार्वजनिक भएको परिणामअनुसार रास्वपाका उम्मेदवारहरू थप ६ निर्वाचन क्षेत्रमा अग्रता लिइरहेका छन्।

निर्वाचन आयोगका अनुसार हालसम्म १५५ स्थानको मतगणना सार्वजनिक भएको छ। तीमध्ये नेपाली कांग्रेसले १७ क्षेत्रमा जित हासिल गरेको छ।

त्यस्तै, नेकपा (एमाले) सात स्थानमा विजयी भएको छ भने ३ स्थानमा अग्रता लिइरहेको छ।

आयोगका अनुसार नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट हालसम्म ७ उम्मेदवार विजयी भएका छन्। यस्तै श्रम संस्कृति पार्टीका ३ उम्मेदवार विजयी भएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र एक स्वतन्त्र उम्मेदवार एक–एक स्थानमा विजयी भएका छन्।

समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्यको फागुन २१ गते सम्पन्न निर्वाचनको मतगणना पनि जारी छ। हालसम्म ४५ लाख ३० हजार ९१३ मत गणना सम्पन्न भएको छ।

त्यसमध्ये रास्वपाले २२ लाख ३९ हजार ८७० मत प्राप्त गरेको छ। नेपाली कांग्रेसले ७ लाख ६० हजार ४८५ मत प्राप्त गरेको छ भने नेकपा (एमाले) ले ६ लाख ४६ हजार ७७० मत पाएको छ।

त्यस्तै नेकपाले ३ लाख ४ हजार ६२ मत प्राप्त गरेको छ। राप्रपाले १ लाख ६३ हजार १५१ मत पाएको छ भने श्रम संस्कृति पार्टीले १ लाख ७ हजार ३२ मत प्राप्त गरेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय