२०८३ आश्विन ११ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

निर्वाचन आयोगले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका सम्पूर्ण कार्य चैतको पहिलो साताभित्र सकिने जनाएको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई ले चैतको पहिलो साताभित्र समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारलाई प्रमाणपत्र दिने लगायतका सबै काम सम्पन्न हुने जानकारी दिएका हुन्। उनका अनुसार मंगलबारसम्म समानुपातिकतर्फको सबै मतगणना सकिने अनुमान गरिएको छ।

मतगणना सम्पन्न भएपछि खसेको सदर मतको प्रतिशतका आधारमा सम्बन्धित दलले पाएको मतको अनुपातअनुसार समानुपातिक बन्द सूचीबाट छनोट हुने उम्मेदवारको नामावली सम्बन्धित दलसँग माग गरिने आयोगले जनाएको छ।

दलबाट प्राप्त नामहरूलाई क्लस्टरअनुसार रुजु गर्दै निर्वाचित सदस्यहरूको अन्तिम छनोट गरिने र त्यसपछि आयोगले प्रमाणपत्र प्रदान गर्ने प्रवक्ता भट्टराईले बताए।

आयोगका अनुसार प्रत्यक्षतर्फ निर्वाचित भएका उम्मेदवारहरूलाई भने सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट नै प्रमाणपत्र प्रदान गरिसकिएको छ।

यस निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी को अग्रता रहेको बताइएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय