२०८३ आश्विन १९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ। मंगलबार साँझसम्म एक करोड पाँच लाख ८३ हजार ३८७ मत गणना सम्पन्न भएको छ।

निर्वाचन आयोग का अनुसार हालसम्मको मतपरिणामअनुसार यसपटक ६ वटा दल राष्ट्रिय दलको रूपमा स्थापित हुने निश्चित देखिएको छ।

पछिल्लो मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो स्थानमा रहेको छ। दोस्रो स्थानमा नेपाली कांग्रेस, तेस्रोमा नेकपा एमाले र चौथो स्थानमा नेपाली कम्युनिस्ट पार्टी रहेका छन्।

यसैगरी पाँचौँ स्थानमा श्रम संस्कृति पार्टी र छैटौँ स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टी रहेका छन्। यी दलहरूले राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने निश्चित भएको निर्वाचन आयोगले जनाएको छ।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५२ अनुसार प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक प्रणालीतर्फ कम्तीमा तीन प्रतिशत मत र प्रत्यक्षतर्फ कम्तीमा एक सिट जित्ने दलले मात्र राष्ट्रिय दलको मान्यता प्राप्त गर्न सक्छ।

निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराई का अनुसार सो कानुनी व्यवस्था पूरा गरेका कारण यी ६ दलले राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने भएका हुन्।

निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार हालसम्म कुल एक करोड सात लाख ३० हजार ५५१ मत गणना भइसकेको छ।

पछिल्लो नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ५१ लाख ३५ हजार ६२१ मत प्राप्त गरेको छ। नेपाली कांग्रेसले १७ लाख ४७ हजार ७३७ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेको छ भने नेकपा एमालेले १४ लाख ४८ हजार ३१८ मतसहित तेस्रो स्थानमा रहेको छ।

यसैगरी नेपाली कम्युनिस्ट पार्टीले ८ लाख २ हजार ७४३ मत प्राप्त गर्दै चौथो स्थानमा देखिएको छ। श्रम संस्कृति पार्टीले ३ लाख ७८ हजार ४७८ मत प्राप्त गरेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २९ हजार १९७ मत प्राप्त गरेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय