२०८३ आश्विन १२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

जल तथा मौसम विज्ञान विभागले आज र भोलि देशका विभिन्न स्थानमा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ। गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि सार्वजनिक अपिल गर्दै सतर्क रहन आग्रह गरेको छ।

मौसमविद्हरूका अनुसार लुम्बिनी र कोशी प्रदेशका जिल्लाहरूमा ११९ किलोमिटर प्रतिघण्टाको गतिमा हावाहुरी चल्न सक्ने चेतावनी दिइएको छ। आज दाङ र नेपालगञ्जसहित लुम्बिनी प्रदेशका तराई आसपासका जिल्लामा र भोलि (शनिबार) पूर्वी क्षेत्रका विराटनगर, धनकुटा र धरान आसपासका जिल्लामा हावाहुरी चल्ने अनुमान गरिएको छ।

प्रि–मनसुनको समय भएकाले हावाहुरीका कारण रुख ढल्ने, घरका छाना उड्ने, विद्युत तथा सञ्चार सेवा प्रभावित हुने जोखिम रहेको छ। यसले मानिसहरू घाइते हुने वा ज्यानसमेत जाने खतरा रहेको सूचनामा उल्लेख गरिएको छ।

सरकारी निकायले ती क्षेत्रमा बसोबास गर्ने तथा यात्रा गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन, हावाहुरी चलेको बेला घरका झ्यालढोका मजबुत रूपमा बन्द गर्न र आगोका स्रोतहरू बन्द गर्न सुझाव दिइएको छ।

त्यस्तै, सवारीसाधन चलाइरहेका बेला हावाहुरी आएमा सुरक्षित स्थानमा रोकेर बस्न, भिडभाडमा भए आत्तिनु वा भागदौड नगर्न पनि सचेत गराइएको छ।

हावा चलिरहेका बेला कमजोर संरचना, रुख, बिजुली वा टेलिफोनका पोल तथा तारमुनि नबस्न, लत्रिएका तार नछुन र विद्युतीय उपकरण प्रयोग नगर्न पनि आग्रह गरिएको छ।

 

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय