२०८३ आश्विन ११ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) यही चैत १९ गतेदेखि सञ्चालन हुने

भएको छ। २१ फागुनमा सम्पन्न निर्वाचनका कारण यस वर्षको एसईई अघिल्लो तालिकाभन्दा १२ दिनपछि सारिएको हो। गत वर्ष भने परीक्षा चैत ७ गतेदेखि सुरु भएको थियो।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्ष करिब ५ लाख १० हजार विद्यार्थी एसईईमा सहभागी हुँदैछन्। गत वर्ष ५ लाख १४ हजार ७१ विद्यार्थी सहभागी भएकामा यस पटक करिब ४ हजार विद्यार्थी घटेका छन्। परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार सहभागीमध्ये ६३ हजार विद्यार्थी एक्जाम्टेड रहेका छन्। साथै, जापानबाट पनि २३ जना विद्यार्थीले एसईई दिने भएका छन्। कुल परीक्षार्थीमध्ये २ लाख ५७ हजार ५२७ छात्रा र २ लाख ५२ हजार ४३४ छात्र रहेका छन्।

परीक्षा सञ्चालनका लागि देशभर ७७ वटै जिल्लामा प्रश्नपत्र पुगिसकेको छ। बोर्डले १ हजार ९ सय ९१ परीक्षा केन्द्र निर्धारण गरेको जनाएको छ। प्रश्नपत्र र उत्तरपुस्तिका सबै जिल्ला प्रहरी कार्यालयमार्फत सुरक्षित रूपमा राखिएको छ। परीक्षा सुरक्षित र व्यवस्थित बनाउन नेपाल प्रहरीले देशभर करिब १२ हजार ५ सय सुरक्षाकर्मी परिचालन गर्नेछ।

परीक्षा चैत १९ गतेदेखि २९ गतेसम्म बिहान ८ बजेदेखि सञ्चालन हुनेछ। पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ भने २० चैतमा अनिवार्य नेपाली, २२ चैतमा अनिवार्य गणित र २३ चैतमा संस्कृति तथा वेद विद्याश्रमतर्फका विषयको परीक्षा हुने तालिका छ। त्यसैगरी २४ देखि २९ चैतसम्म प्राविधिक धारतर्फका पुरानो तथा नयाँ पाठ्यक्रममा आधारित विषयहरूको परीक्षा सञ्चालन गरिनेछ।

एसईई सम्पन्न भएलगत्तै देशका अधिकांश जिल्लामा शिक्षा विकास तथा समन्वय इकाइको समन्वयमा उत्तरपुस्तिका परीक्षण सुरु गरिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। बोर्डले वार्षिक क्यालेन्डरअनुसार परीक्षा सकिएको तीन महिनाभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ। सोही अनुसार आगामी असारको तेस्रो साता एसईईको नतिजा प्रकाशन गर्ने लक्ष्य राखिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय